सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक छ, यसका लागि आगामी बजेटमा व्यवस्था हुनेछ, उद्योगको प्रवद्र्धन गर्न, स्वदेशी उद्योगलाई उच्च महत्व दिन पनि मन्त्रालय प्रतिबद्ध छ, सोही दिशामा अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ र आगामी दिनमा पनि दिइनेछ, व्यक्तिगत रुपमा पनि म यस कार्यका लागि विशेष पहल गर्नेछु ।”

मन्त्री भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताउनुभयो । उद्योग क्षेत्रको योगदान अर्थतन्त्रमा नभएसम्म आर्थिक समृद्धि नहुने उहाँको भनाइ थियो । उहाँले यसका लागि ठूलै सुधारको आवश्यकता औँल्याउनुभयो ।

सरकार निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहन गर्दै यसको योगदान बढाउन सबै अगाडि बढ्नुपर्ने मन्त्री भण्डारीको जोड थियो । उहाँले भन्नुभयो, “स्वदेशी लगानीका साथै विदेशी लगानी पनि आकर्षित गर्न, उद्योग क्षेत्रमा लगानी कसरी प्रवद्र्धन गर्न सकिन्छ र विदेशी लगानीकर्तालाई भित्र्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको अनुभवसमेतका आधारमा विदेशी लगानीकर्ता प्रोत्साहन गर्न निजी क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।”

नेपाल उद्योग परिसङ्घले आफ्नो स्थापनाको समयदेखि नै मुलुकको औद्योगिक प्रवद्र्धनका लागि खेलेको भूमिकाको प्रशंसा गदै उहाँले विशुद्ध उद्योगीहरुको संस्थाका रुपमा रही परिसङ्घले सरकारको नीति कार्यान्वयनका लागि गरेको सहजीकरण एवं औद्योगिक उत्पादन बढाउनमा गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल सरकार र परिसङ्घबीच समझदारीमा परिसङ्घले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न कोसेढुङ्गा साबित हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रालयले यो अभियानलाई उच्च प्राथमिकतामा राख्दै आएको छ, मन्त्रालयले पनि यस अभियानलाई सफल बनाउन सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्नेछ, परिसङ्घले सरकार एवं सार्वजनिक निकायलाई स्वदेशी सामान खरिद गर्न आग्रह गर्दै आइरहेको छ, त्यसमा सरकार सकारात्मक पनि छ, कानुनमा पनि यो व्यवस्था छ, यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक पहल पनि लिनेछ, निजी क्षेत्रलगायत सबैलाई स्वदेशी सामान प्रयोग गर्न आग्रह गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोली जनप्रदर्शनसहित दबाब कार्यक्रम गर्ने

संसद बैठक बस्नु अघि प्रतिपक्षी दलहरुको छुट्टै छलफल

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

देउवाले डाके फेरिपनि विपक्षी दलको बैठक, सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

देउवासँग छलफलमा बस्नुअघि ओली र रविसँग छलफल गर्दै प्रधानमन्त्री