सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ । समाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनको तयारी अन्तिम चरणमा रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागार्इंले राससलाई जानकारी दिनुभयो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिन लागेको चौँलागाईंले बताउनुभयो ।

परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ । युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा विभिन्न कार्यशाला हुनेछ । युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौँलागाईंले जानकारी दिनुभयो ।

युवा सम्मेलनपश्चात् ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने चाँैलागार्इंको भनाइ छ । यस वर्ष प्रदेशका पाँच हजार युवालाई १० वटा क्षेत्रमा एक सयभन्दा माथिको पेसाका सीप सिकाई सीप परीक्षणपश्चात् टेवा पूँजी प्रदान गरिने उहाँले बताउनुभयो । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ । तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ । तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सिटिइभिटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौँलागार्इंले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

अपराजित लिभरकुसेन

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै