सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ ।

काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका विद्यार्थीलाई सहजीकरणका लागि मान्यता दिने भएको हो ।

काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भूसालले नेपालबाट छ महिना अनलाइनमार्फत लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एकसय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताउनुभयो ।  उहाँका अनुसार काउन्सिलले विदेशी कलेजमा पढे पनि अनिवार्य तालिमको व्यवस्था गरेको छ ।

यसअघि कोरोना महामारीको समयमा लामो समयसम्म घरमा बसेर विदेशका शिक्षण संस्थामा पढेका विद्यार्थीलाई मान्यता नदिएपछि काउन्सिलमा दर्ता हुन पाएका थिएनन् । “केही विद्यार्थी कोभिड–१९ सुरु हुनासाथ कक्षा सञ्चालन भएपछि त्यो विद्यार्थी विदेशमा बस्न पाएन र नेपालमा आएर अनलाइनमार्फत कक्षा लिनुपर्यो”, काउन्सिलका अध्यक्ष प्रा डा भूसालले भन्नुभयो, “त्यसरी नेपाल आएर अनलाइनमा छ महिना कक्षा लिएकालाई मान्यता दिने र छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएको छ भने एकसय शय्याभन्दा माथिका अस्पतालमा गएर विषयगत तालिम लिने व्यवस्था गरेको छौँ । त्यसपछि विद्यार्थीलाई काउन्सिलमा दर्ताका लागि सहभागी गराउँनेछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

सेनाको स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो: उपराष्ट्रपति यादव

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

प्रधानमन्त्री र कांग्रेस नेताहरुको भेटवार्ता स्थगित

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित