सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो ।

समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने मन्त्री चौधरीले बताउनुभयो । उहाँले कसरी हुन्छ बजार व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभयो । मन्त्री चौधरीले यसका लागि चालु आर्थिक वर्षमा चार करोड बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

भृकुटीमण्डपको संरचनालाई सेमी पर्मानेन्ट बनाउने प्रक्रिया अगाडि बढाउनसमेत उहाँले परिषदलाई निर्देशन दिनुभयो । “भृकुटीमण्डप प्रदर्शनी हल जीर्ण छ, यो हलको पुनः निर्माण, स्तरोन्नति गर्न आवश्यक छ”, मन्त्री चौधरीले भन्नुभयो, “भाडा नतिर्नेहरुसँग उठाउनेबारे योजना बनाएर काम गर्नूहोस् ।” सो अवसरमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका सबै जीर्ण संरचना व्यवस्थित बनाइने मन्त्री चौधरीलाई अवगत गराउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

वीरगन्ज नाका तीन दिन बन्द रहने

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कस्तो आजको मौसम पूर्वानुमान ?

केबलकार परियोजनाविरुद्ध घोषित यातायात बन्द चार दिनपछि फिर्ता

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

राति चट्याङ र हावाहुरीसहित मध्यमसम्म वर्षा हुने प्रक्षेपण, बढी सम्भावना कता ?

वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए

कोरियाबाट फर्केर माछापालनमा पुन

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु