सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गरेको काठमाडौँ महानगरको दाबी

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँ महानगरपालिकाले खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन, प्रसारण गर्ने गरेको बताएको छ ।

नियमन क्षेत्राधिकारभित्रका निकायबाट प्रतिनिधिहरुलाई बोलाएर आफूले प्रयोग गरिरहेको अभ्यासका विषयमा जानकारी दिने र उहाँहरुले सूचना प्रवाहमा निर्माण गर्नु पर्ने संयन्त्रका विषयमा अवगत गराउने क्रममा यस्तो बताएको हो । महानगरपालिकाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरु, सहकारी संस्थाहरु, स्वास्थ्य सेवा प्रदायकहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले, महानगरपालिकाले गरेको गरेको कानुनी प्रबन्ध र यसको कार्यान्वयन अन्य पालिकाका लागि सिकाइ बन्न सक्ने बताइन् । ‘सूचनाको हक कार्यान्वयन गर्न महानगरपालिका आफैँले कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउनु खुला र उत्तरदायी सरकारको नमूना हो ।’ उनले भने, ‘महानगरपालिका अभ्यास खुला र उत्तरदायी सरकारको अभ्यासमा रहेको मैले बुझेको छु ।’

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘हामी आएका सबै टेलिफोन उठाउँछौँ । उहाँहरुले सोधेका हरेक प्रश्नको उत्तर दिन्छौँ ।’

कार्यक्रममा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले, २०८० सालमा महानगरपालिकाले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’ को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको उल्लेख गरे । यसमा सार्वजनिक महत्वका सूचनाको हकको प्रचलन, संरक्षण र सम्बर्धन, स्वतः प्रकाशन, प्रसारण, प्रवाहलाई महानगरपालिकाको दायित्वका रुपमा राखेको छ ।

महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतले आफूपछिको जिम्मेवारीमा रहेका कर्मचारीमध्येबाट सूचना अधिकारी तोक्न सक्ने व्यवस्था छ । अहिले कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य सूचना अधिकारी तोकिएका छन् ।

ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रुपमा तोकेको छ । यस्तै नियमन क्षेत्राधिकारभित्र रहेको संघसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको छ ।

ऐनले कार्यपालिका सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था गरेको छ । अहिले सूचना समितिका संयोजक एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धर प्रवक्ता हुनुहुन्छ । प्रशासन विभागका प्रमुख सहायक प्रवक्ता रहने ऐनले व्यवस्था गरेको छ । पत्रकार भेटघाट र सम्मेलन सम्बन्धी व्यवस्था पनि ऐनले गरेको छ ।

कार्यक्रममा सहप्रवक्ता दीपक अधिकारीले, महानगरपालिकाले प्रणालीमार्फत आफूले दिनु पर्ने सूचना नियमित दिएको, आम सञ्चारमाध्यममा स्वतः प्रकाशन प्रसारण गर्ने गरिएको उल्लेख गरे ।

सूचनाको हक कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाबाट अन्य स्थानीय तहमा सन्देश जानुपर्छ । कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचनले भने, ‘सूचनाले नै मानिसलाई जागरुक बनाउँछ । यसकारण विकासका लागि सूचना नभइ हुँदैन ।’

सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । सार्वजनिक निकायमा रहेका व्यक्तिगत वा सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना माग गर्न सक्छन् । यसरी सूचना माग्ने र पाउने हकभित्र सूचना प्रवाहको हक पनि पर्दछ ।

सन् १७६६ मा स्वीडेनले सूचनाको हक सम्बन्धी कानुन जारी गर्यो । विश्वमा, सूचनाको हक सम्बन्धी यो नै पहिलो कानुन हो । दक्षिण एशियाली मुलुकहरुमा नेपाल तेस्रो हो । पहिलो पाकिस्तानले सन् २००२ मा दोस्रो भारतले सन् २००५ मा र तेस्रो नेपालले सन् २००७ मा सूचनाको हक सम्बन्धी कानुन जारी गरेका हुन् ।

सूचनाको हक सम्बन्धी नेपालको कानुनले सूचना माग्दा लिखित रुपमा माग्नु पर्ने र तोकिएको समयमा प्राप्त गर्नु पर्ने व्यवस्था गरेको छ । सार्वजनिक निकायमा भएको सूचना माग गर्ने अधिकार नेपाली नागरिकलाई मात्र प्रदान गरिएकोले यस्तो सूचना माग गर्दा नेपाली नागरिक भएको प्रमाण पेश गर्नुपर्छ ।

सूचना दिने अधिकारीले सूचना नदिए उजुरी दिन गर्न सकिन्छ । कार्यालय प्रमुखले पनि सूचना नदिए पुनरावेदन दिन सकिन्छ ।  आयोगका सदस्य ओली थापाकाअनुसार सूचना दिन अटेर गर्ने पदाधिकारीलाई १ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । ओलीकाअनुसा सार्वजनिक निर्माण, निजी क्षेत्रका वैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, उपभोक्ता समितिलगायतलाई जरिवाना गरिएको छ ।

सूचना नपाएका कारण कसैलाई क्षति भयो भने त्यसवापतको क्षतिपूर्ति पाउने व्यवस्था कानुनले गरेको छ ।  सूचना लिँदा पहिलो १० पृष्ठ निःशुल्क पाइन्छ । त्यसपछि एफोर साइजलाई प्रति पृष्ठ ५ रुपैयाँ र एथ्री साइजलाई प्रति पृष्ठ १० रुपैयाँ लाग्छ । सामग्री अध्ययन गर्नु पर्दा पहिलो आधा घण्टा निःशुल्क हुन्छ । त्यसपछिको प्रतिघण्टा ५० रुपैयाँ दस्तुर लाग्छ । यस्ता सामग्री डिजिटल माध्यमबाट पनि लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नरभक्षी बाघ मर्‍यो

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

वीरगन्ज नाका तीन दिन बन्द रहने

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कस्तो आजको मौसम पूर्वानुमान ?

केबलकार परियोजनाविरुद्ध घोषित यातायात बन्द चार दिनपछि फिर्ता