सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु. ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०÷८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट रु. ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिनुभयो ।

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी रु ४० करोड २८ लाख ५२ हजार एक सय ७३ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु.१९ हजार नौ सय राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु १० करोड ६० लाख ७२ हजार नौ सय आठ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु. ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु.४५ लाख छ हजार पाँच सय २५ राजश्व सङ्कलन गरेको छ ।

यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम रु. एक लाख १८ हजार आठ सय रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताउनुभयो । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा विभिन्न राजश्व शीर्षकबाट रु. ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजश्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।

जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी रु. ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट रु. २० हजार राजश्व सङ्कलन गरेको थियो । यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु. १५ करोड ४२ लाख ७६ हजार सात सय २५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट रु. एक करोड २२ लाख छ हजार ५० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु. नौ लाख ९२ हजार १५ राजश्व सङ्कलन गरेको छ ।

यस आर्थिक बर्षमा बेरुजु रकम रु. एक लाख ६३ हजार चार सय ८० रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताउनुभयो । यस्तै कार्यालयले आर्थिक बर्ष २०७८÷७९ मा विभिन्न राजश्व शीर्षकबाट रु. ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ राजश्व सङ्कलन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्यमा दिनदिनै उच्च रेकर्ड

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेशको पर्यटन पर्वद्वन अभियान बारावाट शुभारम्भ

साढे ४५ अंकले बढ्यो नेप्से

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो

साढे नौ अंकले घट्यो नेप्से