सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्छुः मुख्यमन्त्री कार्की

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ ।

कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने  बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरुको जवाफ दिनेगरी काम गर्ने बताउनुभयो । “नेपालको संविधान र कानुनअनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ तर कानुन र संविधानभन्दा माथि र बाहिर कोही छैन भन्नेमा पनि हामी  प्रष्ट छौँ”, उहाँले भन्नुभयो ।

उहाँले प्रदेशका समस्या सम्बोधन र प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने समेत उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चाँडै विश्वासको मत लिनुका साथै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस

विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाले जारी गर्यो ह्वीप

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

कांग्रेस प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’