सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हिमाल आरोहणका लागि सँगसँगै रुस र युक्रेनका आरोही

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अहिले रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । तर त्यहाँका नागरिक मित्रवत् व्यवहारसहित एउटै समूहमा रहेर नेपालका हिमाल आरोहणका लागि आधार शिविरमा अभ्यासरत छन् । चालु वसन्तयाममा सगरमाथा, कञ्चनजङ्घा (प्रमुख), अन्नपूर्ण पहिलो, मनासलु, ल्होत्सेलगायतका हिमाल आरोहणका लागि रुसका ४६ र युक्रेनका २३ जना आरोही आधार शिविरमा आरोहण तयारीमा छन् । जसमध्ये रुसका ११ महिला र ३५ पुरुष तथा युक्रेनका आठ महिला र २३ पुरुष छन् ।

पर्यटन विभागका अनुसार आरोहण तयारीमा रहेकामध्ये कञ्चनजङ्घा आरोहण तयारी गरिरहेकी रुसी महिला आरोही नेतृत्वको टोलीमा  युक्रेनका दुई पुरुष र एक रुसी महिला छन् । विभागका एक अधिकारीले भन्नुभयो, “रुसी महिला आरोही एलिना पेकोभा नेतृत्वमा कञ्चनजङ्घा आरोहण तयारी गरिरहेको १५ जना आरोहीको एक समूह अहिले आधार शिविरमा छ । उक्त समूहमा इगोर कुसनिर र ओलेग इभान्चेको नाम गरेका दुई युक्रेनका पुरुष आरोही र एला मिसहिना नाम गरेकी एक रुसी महिला आरोही मित्रवत् व्यवहारसहित सँगसँगै आरोहण तयारी गरिरहेका छन् ।”

यसअघि सन् २०२२ को वसन्तयामको सगरमाथा आरोहणमा युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना विश्व शान्तिको कामना गर्दै सगरमाथा आधार शिविर पुग्नुभएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएका आरोहीमध्ये रुसी महिला आरोहीले नेतृत्व गरेको एक समूहमा १३ पुरुष र एक महिलाले आरोहण तयारी गरिरहेका छन् । त्यस्तै युक्रेनका पुरुष आरोहीले नेतृत्व गरेको अर्को समूहमा तीन पुरुष र एक महिला आरोही रहेको विभागले जनाएको छ ।

सगरमाथा आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयका प्रमुखका खिमलाल गौतमका अनुसार सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका रुस र युक्रेनका आरोही आरोहण अभ्यासका लागि पहिलो र दोस्रो शिविरतर्फ उक्लेका छन् ।

पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ६२ देशका ४१४ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष रहेका छन् । अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ४७८ आरोहीले अनुमति लिएका थिए, जुन अहिलेसम्मकै सर्वाधिक हो ।  गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार