सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रवि लाम्छानेलाई संसदमा बोल्न दिने काँग्रेसको निर्णय

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाली कांग्रेसले आजदेखि सुरु हुने संसदको वर्षे अधिवेशनमा रवि लाम्छानेलाई बोल्न दिने भएको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले दलको नेताको रूपमा लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।

यसअघि कांग्रेसले सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन बनाएर अनुसन्धान गर्नुपर्ने मागसहित संसद अवरोध गर्दै आएको थियो ।

कांग्रेसले लामिछानेलाई संसदमा बोल्न समेत रोक लगाउँदै आएकामा आज बसेको संसदीय दलको बैठकले बोल्न दिने निर्णय गरेको हो ।

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । उक्त अधिवेशनमा पार्टीले लिने रणनीतिबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

त्यस्तै सुप्रिम सहकारीको रकम अपचलनको बारेमा जिल्ला अदालत रुपन्देहीमा दायर अभियोगपत्र पनि कांग्रेसका सांसदहरूलाई बाँडिएको छ । त्यसमा लामिछानेको नाम ‘हाइलाइट’ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षकले राजनीति नगरौँ : उपमहासचिव पोखरेल

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

धनराजको माग- रवि लामिछानेलाई अवहेलना मुद्धामा कारवाही होस्

विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस

विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाले जारी गर्यो ह्वीप

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

कांग्रेस प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान