सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्रिस्टियानो रोनाल्डो युभेन्टसको सर्वोत्कृष्ट खेलाडी

२०७७ श्रावण २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  इटालियन च्याम्पियन युभेन्टसले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) घोषित गरेको छ ।

क्लबको समर्थकको मतका आधारमा प्रदान गरिने अवार्डमा रोनाल्डोले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई पछि पारेका हुन् । युभेन्टसले लगातार ९ पटक इटालियन सिरी ए को उपाधि जित्दा रोनाल्डो टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी थिए । लिग अवधिभर ३१ गोल गर्दै क्लबका लागि विभिन्न कीर्तिमान सहित क्लबका लागि एकै सिजनमा ३० भन्दा बढी लिग गोल गर्ने पहिलो खेलाडी समेत बने ।

अघिल्लो साता युभेन्टसकै फरवार्ड पाउलो डिबाला लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । युभेन्टसको उपाधि जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डिबालाले आफ्नै क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो उपाधि हासिल गरेका थिए । गत सिजनमा युभेन्टसले उपाधि जित्दा रोनाल्डो लिगकै मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए ।

सिजनमा डिबालाले युभेन्टसका लागि सबै प्रतियोगितामा १७ गोल गरेका । उनले गोलसँगै युभेन्टसको आक्रमणमा सिर्जनात्मक भूमिका निर्वाह गर्दै १ दर्जन बढी असिस्ट पनि दिएका छन् भने लिग उपाधि जित्ने क्रममा ३१ गोल गरेका रोनाल्डो भने लिगले प्रदान गर्ने विधागततर्फ पनि कुनै उपाधि जित्न सकेनन् ।

रोनाल्डोलाई गोल्डेन बुट दौडमा पछाडी पारेका लाजियोका फरवार्ड चिरो इम्मोबिलेले उत्कृष्ट फरवार्डको उपाधि जिते । उनले लाजियोको आक्रमण सम्हाल्दै ३६ गोल गरेका थिए । उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै युरोपेली गोल्डेन बुट समेत जिते ।

लिगको उत्कृष्ट गोलरक्षक युभेन्टसका वोजचिएक सेचेज्नी घोषित भए । उत्कृष्ट डिफेन्डरमा इन्टर मिलानका स्टेफान डी भ्रिज चुनिए । एटलान्टाका कप्तान पापु गोमेजले उत्कृष्ट मिडफिल्डरको अवार्ड पाए । युभेन्टसबाट लोनमा रहेर पार्माबाट खेलिरहेका मिडफिल्डर डेजान कुलुसेभ्सकीले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते । एजेन्सि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बमको शतकका बाबजुत नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित

नेपालले २२३ रनको चुनौती पायो

टस जितेर नेपाल ‘ए’ले फिल्डिङ राेजेपछि आयरल्यान्ड ‘ए’ ब्याटिङ गर्दै

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

राजस्थान रोयल्सको लगातार दोस्रो जित

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासोः सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

आज आयरल्यान्ड ए सँग खेल्दै नेपाली ए टिम