सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लेबनानका कानुनमन्त्री नाज्मद्वारा राजीनामा

२०७७ श्रावण २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसक्नु भएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ ।

यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा बुझाउनु भएको थियो । बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण उहाँहरुले राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी लाखौ बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ । बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन् ।

शक्तिशाली विस्फोटनका कारण असुरक्षित महसुस गरेर, घरबार विहिन भएर उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो ।

यस गोदाममा सन् २०१४ मा १ कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

भारत—चीनबीच लद्दाख समेतका सीमा क्षेत्रमा तनाब कम गर्न सहमति

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थपियो

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

युक्रेन र भारतका विदेशमन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता हुने

केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

किन चल्दै छ बंगलादेशमा इन्डिया आउट’ को अभियान ?

केजरीवाल पक्राउमा अमेरिकाको टिप्पणीः भारतको कडा आपत्ति

ट्रम्पको सम्पति बढेर ६.५ बिलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सुची भित्र