सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीच भएकाे भेटवार्ताप्रति राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालको सनसनीपूर्ण ट्वीट

२०७७ कार्तिक ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटको राष्ट्रपति कार्यालयले बचाउ गरेको छ।

‘रअ’ का प्रमुखलाई भेटेको भन्दै प्रधानमन्त्री ओलीको सर्वत्र विरोध भइरहेको अवस्थामा राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीकाप्रसाद ढकाल बचाउमा उत्रिएका हुन्।

बुधबार दिउँसो विशेष बिमानबाट नेपाल आएका ‘रअ’ प्रमुखले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर बुधबार राति करिब दुई घण्टा बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेको खुल्नमा आएको छ।

यता नेकपाका अन्य नेताहरु झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावललगायतले प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेकाे भन्दै आपत्ति प्रकट गरेका छन्।

तर राष्ट्रपतिका सञ्चारविज्ञमा हालै नियुक्त पाएका ढकालले कूटनीतिले व्यक्तिगत आवश्यकता र राज्यको खाँचोको तनाव बुझ्नु आवश्यक रहेको र राज्यलाई कुनै हानि नपुर्‍याई उक्त तनावभित्र पस्नु आवश्यक रहेको सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्।

‘भारतसँग विकास भैरहेको पछिल्लो संवाद शृंखलालाई नहेरी आजको घटना विशेषलाई टिपेर गरिने विश्लेषण अपर्याप्त छ,’ उनले लेखेका छन्, ‘दुई प्रधानमन्त्री बीचको संवाद, विकास आयोजनाको समीक्षा बैठक, बिभिन्न द्विपक्षीय संयन्त्रका बैठकको निरन्तरता चलिरहेको छ। परिणाम निस्कनुअघि अनेक तहमा वार्ता हुन्छ।’

उनले ‘रअ’ प्रमुख र प्रधानमन्त्री ओलीबीच भएको भेटलाई कालापानीबाट सेना फिर्ता पठाउने र  दीर्घकालमा नेपाल र भारतबीच सीमा समस्याको सम्पूर्ण समाधान गरी नयाँ सीमा सम्झौता गर्ने अर्थमा रहेको पनि बताएका छन्।

‘भारतसँगको ‘इन्गेजमेन्ट’मा हाम्रा दुई उद्देश्य स्पष्ट छन्। पहिलो, मध्यम कालमा कालापानीबाट भारतीय सेना फिर्ता हुने। दोस्रो दीर्घकालमा नेपाल र भारतबीच सीमा समस्याको सम्पूर्ण समाधान गरी नयाँ सीमा सम्झौता गर्ने, जो सुगौली पछि भारतसँग त्यस्तो प्रकृतिको नयाँ सन्धि हुन्छ,’ उनले भनेका छन्।

उनले जुनसुकै तहमा वार्ताहरू हुनसक्ने उल्लेख गर्दै समाधान अन्ततः उच्च राजनीतिक तहबाट आउँछ भन्ने कुरामा कुनै द्विविधा नभएको र यस तथ्यलाई लुकाएर गरिने व्याख्या विश्लेषणहरू एकदमै अपर्याप्त हुने भनी प्रधानमन्त्रीको आलोचना गर्नेहरुमाथि टिप्पणी गर्दै अर्को ट्विट गरेका छन्।

उनले लेखेका छन्, ‘अहिले समस्या समाधानका लागि वार्ताको चरण चलिरहेको छ। भारतीय पक्षसँग हरेक तहमा वार्ता गर्न र आफ्ना कुरा स्पष्टताका साथ राख्न नेपाल तयार छ। सम्पूर्ण घटनाक्रमलाई समग्रमा हेर्दा देखिने हात्ती एउटा घटनालाई मात्र छाम्दा डोरी, खम्बा वा नाङ्लो देखिन्छ।’ -विएल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : वनमन्त्री

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह

गृहमन्त्री लामिछाने दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न बनाए समिति

प्रेस सेन्टरले भन्योः मिलनलाई संगठनको सबै जिम्मेवारीबाट हटाइएको छ

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

वाग्मती प्रदेशमा नयाँ दल हानेपासहित सत्तारुढ दलबीच ५ बुँदे सहमति (पत्र सहित)

मन्त्रिपरिषद् बैठक सुरू

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री

गृहमन्त्री लामिछाने र बेलायती राजदूतबीच भेट

रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण