सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अचम्मको परम्परा: जहाँ पुरुषले जोकोहीसँग जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्न सक्छ

२०७७ फागुण १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसारका अलग–अलग क्षेत्रमा कयौं प्रकारका परम्पराहरू हुन्छन्, जसका बारेमा सुन्दा पनि अचम्म लाग्छ । समाजमा महिनावारी र सम्भोगका विषयमा कयौं मान्यता र रहस्यहरू हुन्छन् । यस्तै अचम्मको परम्परा छ, पपुआ न्यू गिनीमा ।

पपुवा न्यू गिनीलाई महिलाहरूका लागि संसारकै सबैभन्दा खतरनाक देश मानिन्छ । किनकि यहाँ महिलालाई यौन सम्पर्कका लागि पशुसरह व्यवहार गरिन्छ । यहाँ पुरुष नै सर्वोपरी छन् । उनीहरू जोकोही महिलासँग जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्न स्वतन्त्र छन् । चाहे त्यो बालिका उमेरको होस् वा वृद्धा, महिनावारी भएको अवस्थामा होस् वा गर्भवती भएका बेला ।

यस परम्पराका विषयमा युनिसेफजस्ता संस्थाले पनि दुःख दर्शाएको छ । एक तथ्याङ्कअनुसार पपुआ न्यू गिनीमा ८० प्रतिशत महिलाहरू बलात्कार तथा यौन हिंसाको शिकार हुन्छन् । यहाँ बसोबास गर्ने जनजातिमा सम्भोगका विषयमा फरक तरिकाको परम्परा छ ।

यहाँ पुरुषले आफ्नो चाहनाअनुसार जोकोहीका साथ जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्नसक्छ, सम्भोगका लागि यहाँ उमेरको सीमा हुँदैन । यस जनजातिमा पूरा जिम्मेवारी महिलाको हुन्छ ।

यदि, कसैसँग सम्पर्क राखेर होस् वा कसैबाट बलात्कृत भएर होस्, गर्भवती भएमा ती महिलाले नै त्यसको जिम्मेवार हुनुपर्छ । आमा बनेको खण्डमा पनि पिता वा बलात्कारी यसको जिम्मेवार हुँदैन । आमाले नै बच्चाको पालन–पोषणको जिम्मा लिनुपर्छ ।

सामान्यताः महिलाहरू महिनावारीको समयमा सम्भोग गर्न रुचाउँदैनन् वा मनाही गर्छन् । तर, यहाँ भने यस्तो केही हुँदैन । यहाँ पुरुषको इच्छाअनसार उनीहरू यौन सम्पर्कका लागि तयार हुनुपर्छ । महिलाको अवस्था जस्तोसुकै होस्, पुरुषले जहाँ पनि उसलाई सम्भोग गर्न सक्छ ।

यस जनजातिको अचम्मको परम्परालाई लिएर मानवअधिकार संस्थाहरूका साथै युनिसेफजस्ता संस्था पनि दुःख दर्शाएको छ । स्रोतः जीन्यूज इन्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

सम्बन्ध विच्छेदको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल सुरू

बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

बोइङको उडिरहेको विमानबाट फेरि उप्कियो एक हिस्सा

जापानकाे उच्च अदालतले बल्ल दियाे समलिङ्गी बिबाहलाइ मान्यता

अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

किस गर्दा तपाईँको स्वास्थ्यमा पुर्याउने ७ फाइदा के-के हुन्?

जसले कोरोना खोप २१७ पटक लगाए !