सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

म्याग्दीको गुर्जा खोला थुनिएपछि स्थानीयमा त्रास

२०७८ श्रावण १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएपछि स्थानीयहरु त्रसित भएका छन् ।

खोला थुनिएर बनेको ताल एकैपटक फुटेर बाढी जानसक्ने भन्दै स्थानीयहरुलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा खोला थुनिएको हो । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले पहिरोले खोला थुनिएर तलाउ बनेको जानकारी दिए ।

‘तलाउ एकै पटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा कटान गर्ने जोखिम हुने भएकाले सावधानी अपनाउन आवश्यक छ,’उनले भने ‘खेतमा काम गर्न गएकाहरुले खोला थुनिएको देखेर खबर गरेपछि हामी त्यसतर्फ जाँदैछौ ।’

गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जा खोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मुदीमा गुर्जा खोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ । दुबै किनारमा भीर भएको साँघुरो खोचमा पहिरो खसेर खोला थुनिएको वडा अध्यक्ष छन्त्यालले बताए ।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन । कृषकहरुले टाढैबाट देखेर खबर गरेका हुन् । केही समय खोला सुकेको थियो । तलाउ भरिएर साँझ ओभरफ्लो भएर बग्न थालेको वडाध्यक्ष छन्त्यालले बताए ।

धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ । चार वटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । आइतबार बिहानै घटनास्थलतर्फ जाने तयारी गरेको वडाध्यक्ष छन्त्यालले बताए । अन्नपूर्णपोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण

महिलामन्त्री चौधरी र फिनल्याण्डका राजदूतबीच भेट

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच वान टू वान भेटवार्ता

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदुत संगबीच भेटवार्ता

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी

सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन- महानिरीक्षक कुँवर

बाँसबारीको अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा आइसक्यो: गृहसचिव अर्याल

उपसभापति स्वर्णिमको दाबीः रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता