सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली सेनाका जनहित र उद्धार कार्य (फोटोफिचर)

२०७८ श्रावण १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा मनाङको ठाडो खोलामा काठेपुल बनाएर स्थानीयवासीलाई आवतजावतमा सहज तुल्याएको छ ।

केही ससमयअघिको भारी वर्षाबाट मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मस्र्याङ्दी नदीको बेलिव्रिज बाढीका कारण अवरुद्ध भएको र झोलुङ्गे पुल पनि बगाएपछि ङिस्याङ गाउँपालिका र चामेबीच आवतजावत पूर्ण बन्द भएको थियो ।

काठेपुलसँग त्यस भेगका जनतालाई पैदल आवतजावत गर्नका लागि सेनाद्वारा गोरेटो बाटोसमेत निर्माण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलाको यातायातका सवारी साधनसमेत सञ्चालन हुने काठे पुल बगाए आवागमन अवरुद्ध भएपछि सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसँगको सहकार्यमा साउन १५ गते खोलामा काठेपुल निर्माण गरेको हो ।

पुल निर्माणसँगै जिल्ला सदरमुकाम, तिमाङसम्म र तलेखुसम्म हलुका सवारी साधन आवतजावत गर्न सहज भएको सेनाले जानकारी दिएको छ ।

काठमाडौँबाट २४ जना यात्रु लिएर बुर्तिबाङतर्फ गइरहेको बा५ख १५५३ नंको बस बाग्लुङ्ग गलकोट नगरपालिका–१ चौराहा नजिक दुर्घटना भएकामा श्रीमेहर गणबाट खटिएको उद्धार तथा मेडिकल टोलीले ६ जनालाई थप उपचारका लागि धौलागिरि अञ्चल अस्पताल पठाएको जानकारी दिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुआब्जा लिएपछि घर भत्काइँदै

नेकपा एमालेको सचिवालय बैठक जारी (फाेटाेफिचर)

यस्तो छ नवनियुक्त मन्त्रीको शपथग्रहण समारोह [तस्बिरहरू]

दादुरा-रुबेला खोप अभियान

छाब्दीमा भक्तजनको घुइँचो

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा [तस्बिरहरू]

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा (फोटोफिचर)

मिटरब्याजी पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन

सडकमै सुतेर विरोध प्रदर्शन गर्दै मोही किसान

एमाले केन्द्रीय कमिटी बैठक सुरु {फोटोफिचर}

कांग्रेस महासमिति बैठकको रौनक [तस्बिरहरू]

माओवादी बिधान सम्मेलन (फोटोफिचर)