सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

२०७८ श्रावण २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काटिदिँदा ३३ वर्षीय धामी बेपत्ता भएको प्रकरणमा स्पष्ट जवाफ दिन माग गर्नुभयो ।

उहाँले धामीको खोजीका लागि पहल गर्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गर्नुभयो । उहाँले आफ्नै भूमि भएर सदरमुकाम आवतजावत गर्र्ने व्यवस्था मिलाउन पनि अनुरोध गर्नुभएको छ ।

लामो समय हुँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेकोप्रति गुनासो राख्दै उहाँले वर्तमान सरकारबाट जनताले परिणाम खोजेको बताउनुभयो ।

कांग्रेसका अर्का सांसद रमेशजङ्ग रायमाझीले प्रतिपक्षी दलबाट आएको अभिव्यक्तिप्रति इङ्गित गर्दै सरकार कुन आधारमा निर्दलीय सरकार भयो भनी प्रतिप्रश्न गर्नुभयो । उहाँले संसद्बाटै बहुमतको आधारमा विश्वासको मत प्राप्त सरकार भएको स्पष्ट पार्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप लगाउने कामलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।

सांसद रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षमा तुइन विस्थापित गर्ने घोषणा घोषणामै सीमित रहेको बताउनुभयो । उहाँले अझै धेरै ठाउँमा तुइन यथावत रहेको र महाकालीमा मात्रै सातवटा तुइन बाँकी रहेको जानकारी गराउँदै तुइन तर्दा धामी नदीमा बेपत्ता भएको घटना स्मरण गराउनुभयो ।

सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बैठकमा सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र०का गोपीबहादुर सार्की अछामीले दार्चुलाको महाकाली नदीमा भएको घटनाका विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो ।

भारतसँगको उच्चस्तरीय वार्तामार्फत समस्या समाधान गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । उहाँले जाजरकोटको एक गाउँपालिकाका वडाध्यक्षले सेवाग्राहीमाथि ज्यादती गरेकाले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्नुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

दुई संसदीय समितिको बैठक बस्दै

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

तीन वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित

श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्न सुझाव, प्रतिवेदन राष्ट्रिय सभामा पेस

संसद्‌मा कांग्रेसको प्रश्न: लामिछानेलाई बुर्लुक्क उफ्रिएर स्वार्थ बाझिने मन्त्रालय किन चाहियो ?