सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हृदयेश त्रिपाठी समूहले तत्काल नयाँ पार्टी खोल्दै

२०७८ भाद्र ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ।

भदौ महिनसम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छाैँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्।

स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ। ‘नेपाल समाजवादी पार्टी’ नाम त्रिपाठीले पहिलो प्राथमिकतामा राखेको स्रोतले बतायो। त्रिपाठीले भने, ‘नाम चयन गर्दा निर्वाचन आयोगको दर्ता किताबमा नाम जुधे–नजुधेको पनि हेर्छाैँ।’ उनले भने, ‘नाम जे भए पनि नाम भन्दा पार्टी खोल्ने कुरा ठूलो कुरा हो। पार्टीमा खोल्ने निर्णय गरिसकेका छाैँ।’

त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ। यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन्। प्रतिनिधिसभा सांसदमा त्रिपाठी र बिजे्रश गुप्ता छन् भने प्रदेशसभा सांसदमा अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव छन्। यसैगरी यो समूहमा पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्रलगायतका नेताहरू पनि छन्। यस समूहका नेताहरू २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केजरीवाल प्रकरण: अमेरिका–भारत मनमुटाव

प्रधानमन्त्रीमाथि संशय

लायकु प्रवेशद्वारमा कंक्रिट प्रयोग भएपछि काम रोक्न पुरातत्वको निर्देशन

नागरिक उन्मुक्तिभित्र फेरी किचलो, सांसद नै दुई कित्तामा

१५ सहकारीको १७ अर्ब अपचलन

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा