सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालभरकै बिरामीहरूलाई यति एयरलाइन्समा हवाई टिकट नि:शुल्क

२०८० फागुण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यति एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई हवाई टिकट नि:शुल्क दिने भएको छ।

यतिले उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने बताएको छ। एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए।

‘यो सुविधाले क्यान्सरसँग लडिरहेका हरेक बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौं,’ विष्टले भने, ‘निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउनुहुनेछ। बिराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौं।’

निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ। अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले बताइन्।

कार्कीले थप जानकारी दिँदै भनिन् ‘बिरामीहरूले डाक्टरको अप्वाइन्टमेन्ट लिदाँ टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।’

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ।

नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो। स्रोतः सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दिक्तेलमा आयोजना भएको शिविरमा एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

विषादी प्रयोगबारे सचेत बन्दै किसान

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

एकै परिवारका पाँच जनामा हात्तीपाइले

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

फेरो अर्को अनसनमा डा. गोविन्द केसी

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवाबाट बञ्चित गर्ने निर्णय

गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?

थपिए ३९ जना डेंगु सङ्क्रमित

भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग