सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदीप र सुदर्शनबीच अर्थपूर्ण सहकार्य

२०८१ बैसाख ४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ ।

मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको दशैंपछि छायांकनको तयारी गरिएको फिल्म प्रेम कथामा बन्ने बताइएको छ ।  फिल्ममा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने समेत बुझिएको छ ।

प्रदीप र सुदर्शनबीच फिल्म ‘प्रेमगीत’ पछि सम्बन्ध चिसिएको थियो । तर पछिल्लो समय प्रदीप र सन्तोष सेनबीचको सम्बन्धका बारेमा समेत अनेक अड्कलबाजी चलिरहेका बेला प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यस फिल्म अघि सुदर्शनले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर ‘रावायण’ बनाउँदैछन् । त्यस्तै प्रदीप पनि  पुजार सार्की, एक्टर, पिताम्बर, ऐरी, एक्लो जस्ता फिल्ममा काम गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?