सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: तीन जनाको ज्यान गयो, बेहुलासहित ५२ जना घाइते

२०८१ बैसाख ७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ धारावतीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिनुभयो । अर्का एक जना परिचय नखुलेका अन्दाजी १८/१९ वर्षका युवक रहेका छन्  ।

बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भैरहेको छ । केहीलाई सिन्धु सदावहार अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्वत, बागलुङ र बाँकेमा प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन [सूचीसहित]

आगलागी पिडितलाई राहत वितरण

काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

कस्तो छ आजको मौसम ?

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

विहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

कस्तो छ आजको मौसमको पूर्वानुमान ?

सरकारको नीति तथा कार्यक्रममा : गण्डकीका कुनकुन योजना परे ?

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : अध्यक्ष ढकाल