सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तेमालमा बृहत् स्वास्थ्य शिविर

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ ।

नेपाल नेत्र ज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शीर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हो ।

सोमबार पोखरी नारायणस्थानको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडास्तरमा पायक पर्ने स्थानमा १८ गतेसम्म आयोजना गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गर्नुभएको शिविरमा छातीमा समस्या भएका एक सय ४० जनाको परीक्षण गरिएको थियो । परीक्षणबाट पाँच जनामा क्षयरोग लागेको पुष्टि भएको थियो ।

शिविरमा पाँच जनाको एचआइभी, एक सय चार जनाको मधुमेह, ६६ को दाँत र ८० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकले जानकारी दिनुभयो । शिविरमा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र पनि वितरण गरिएको थियो । ती परिचयपत्र सबै शिविरमा प्रदान गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

प्रधानमन्त्री र कांग्रेस नेताहरुको भेटवार्ता स्थगित

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन

गुल्मीदरबारमा बनेको १५ शय्याको अस्पताल अलपत्र

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

दिक्तेलमा आयोजना भएको शिविरमा एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि