सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुरातत्व विभागले अयोध्यापुरीका विषयमा अनुसन्धान सुरु गर्दै

२०७७ श्रावण २२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान सुरु गरेको छ।

त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा सुरु भएपछि विभागले विज्ञसँग छलफल सुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। विज्ञसँग छलफलपछि स्थलगत रुपमा विज्ञको समूह अनुसन्धानका लागि पठाउने विषयमा पनि विभागले परामर्श सुरु गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते २०७ औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको बताउँदै सांस्कृतिक अतिक्रमण रोक्न थप अध्ययन एवं अनुसन्धान हुनुपर्ने बताएका थिए।

महर्षि वाल्मीकिले संस्कृत भाषामा रचना गर्नुभएको रामायणलाई आदिकवि भानुभक्त आचार्यले नेपालीमा भावानुवाद गरेका थिए। विसं २०६७ देखि राम जन्मभूमि अयोध्याका विषयमा अनुसन्धानरत लोकमणि पौडेल यसका लागि आफू लखनउको फैजावादस्थित अयोध्या, उत्तर प्रदेशस्थित बिठुरको वाल्मीकि आश्रम र पञ्जाबको वाल्मीकि आश्रममा पनि पुगेर सूक्ष्म अध्ययन गरेको बताउँछन्।

भारतमा दुईतिर दाबी गरिएको वाल्मीकि आश्रमभन्दा नेपालको वाल्मीकि आश्रमको प्रमाण बलियो रहेको उनले बताए। वाल्मीकिले रचना गरेको संस्कृत रामायणमा तमसा र गङ्गा नदीको बीचमा वाल्मीकि आश्रम पर्छ भनिएकामा त्रिवेणी नजिकैको आश्रम नै सही भएको भारतका मानिसको पनि सहमति रहेको अध्ययनका क्रममा भेटिएको उनले सुनाए।

वाल्मीकि आश्रम पारि भारतले वाल्मीकि बाघ संरक्षण केन्द्र स्थापना गरेको छ। त्यहाँको नगरको नाम पनि भारतले वाल्मीकि नगर राखेको अनुसन्धाता पौडेलले बताए। भारतका दुवै वाल्मीकि आश्रम भव्य भए पनि नेपालको आश्रमको विकासमा यहाँका सरोकार भएका निकायको ध्यान नगएको प्रष्ट देखिएको तीन वटै आश्रमको अनुसन्धान गर्नुभएका अनुसन्धाता पौडेलले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

देउवासँग छलफलमा बस्नुअघि ओली र रविसँग छलफल गर्दै प्रधानमन्त्री

गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान