सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालले अर्को महिना इराकसँग मैत्रीपूर्ण खेल्ने पक्का

२०७८ बैसाख १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । एन्फाका अनुसार नेपाल र इराकबीचको खेल बसराह रंगशालामा जेठ १५ गते (२९ मे मा) हुनेछ ।

यसअघि एन्फाले इराक फुटबल संघसँग मौखिक चर्चा भएपनि लिखित रुपमा प्रस्ताव आइनसकेको बताएको थियो । कतार विश्वकप २०२२ छनोटका बाँकी खेलको तयारीका क्रममा इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले पनि विश्वकप छनोटमा तीन खेल खेल्न बाँकी छ । विश्वकप छनोटमा बहराइनसँग खेल्नुअघि इराकले ताजिकिस्तान र नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने उल्लेख गरेको छ ।

नेपालसँगको मैत्रीपूर्ण खेलपछि इराकी टोली विश्वकप छनोटको खेलका लागि बहराइन भ्रमणमा निस्कने छ । विश्वकप छनोटको समुह ‘सी’ मा रहेको इराक फिफा बरियतामा ६८औँ स्थानमा रहेको छ । समुह ‘बी’ मा रहेको नेपाल फिफाको वरियतामा १७१औँ स्थानमा छ । नेपालले आफ्नो विश्वकप छनो्टका खेल अन्तर्गत अष्ट्रेलिया,जोर्डन र चाइनिज ताइपेईविरुद्ध खेल्न बाँकी छ ।

गत चैतमा दशरथ रंगशालामा हुने भनिएपनि पछि कोरोनाको कारण देखाउँदै एएफसीले विश्व कप छनोटको नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने तय गरेको थियो । नेपाल र इराकले हालसम्म तीनपटक खेलेका छन् । पछिल्लोपटक नेपालले २००१ अप्रिलमा विश्वकप छनोटमा खेल्दा नेपाल ४–२ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

अपराजित लिभरकुसेन

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई