सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको तस्वीर सार्वजनिक गरेर विरोध

२०७८ श्रावण ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्वीर सार्वजनिक गरेर विरोध गरिएको छ । बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्वीर कालो पोतेर सडक छेउमा झुण्डयाइएको छ । दोलखाका लामा निर्माण कम्पनीका सञ्चालक हुनुहुन्छ ।

समानान्तर निर्माण कम्पनीका सञ्चालक अच्युत खरेल हुनुहुन्छ । यो सडक आयोजनाको आधिकारिक प्रतिनिधि दयाराम थापा हुनुुहुन्छ । फ्लेक्समा प्रिन्ट गरेर तस्वीर राखिएको छ । तस्वीर कसले राखेको हो भन्ने खुलाइएको छैन । दुईपटक थपिएको सम्झौताको म्याद गत चैत महिनामा सकिएको बेनी–दरवाङ सडक आयोजनाको बेनीबाट सिमसम्मको पहिलो प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ । गत वैशाखमा निषेधाज्ञा शुरु भएपछि निर्माण व्यवसायीले काम रोकेका थिए ।

बर्सातसँगै पहिरो खसेर सडक हिलाम्मे भएको छ । आवतजावतमा समस्या भएको छ । नागरिकलाई सास्ती भएको छ । विसं २०७४ असोज ४ गते १२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न रु ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएको लामा–समानान्तर जेभीसँग भएको ठेक्काको पछिल्लो म्याद २०७७ चैत २३ गते सकिएको थियो ।

अठार महिनामा सकिनुपर्ने सडकको करिब चार वर्षको अवधिमा फराकिलो बनाउने, नाली, पर्खाल निर्माण सकिएको ठाउँमा कालोपत्र गर्न सबबेस राख्ने काम भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार बेनी–दरवाङ सडकको पहिलो प्याकेजको कोरोनाको छ महिना र सार्वजनिक खरिद ऐनको दशौँ संशोधनबाट थपिएको नौ महिनाको म्याद सकिएपछि थप गर्ने सबै आधार सकिएको छ ।

कार्यालयले हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको निर्माण व्यवसायीले जतिसक्दो छिटो काम गर्न नसके धरौटी जफत, जरिवाना र कालोसूचीमा राख्न कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिए पनि निर्माण व्यवसायीले दोस्रो लहरको कोरोना भाइरसको जोखिम र निषेधाज्ञाको कारण देखाएर निर्माणकार्यलाई झन् सुस्त बनाएका छन् । सोह्र वर्षअघि मार्ग खुलेको म्याग्दीको ‘लाइफ लाइन’ मानिएको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजमा पर्ने सिमबाट लाम्पाटा खण्डको तीन दशमलव छ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रस्ताव आह्वान गरिएको छ ।

विसं २०७८ जेठसम्म सक्ने गरी २०७६ साउनदेखि लाम्पाटाबाट दरवाङसम्मको आठ किलोमिटर सडक विस्तार र कालोपत्र गर्न ठेक्का लिएको बिरुवा–क्याराभान जेभीले ५० प्रतिशत मात्र काम गरेको कार्यालय प्रमुख नवराज पौडेलले बताउनुभयो । बेनी–दरवाङ सडक आयोजनामा भएको ढिलासुस्तीले म्याग्दीको मङ्गला, मालिका र धवलागिरिका बासिन्दालाई असुविधा मात्र होइन समग्र विकासमै असर पुगेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोली जनप्रदर्शनसहित दबाब कार्यक्रम गर्ने

संसद बैठक बस्नु अघि प्रतिपक्षी दलहरुको छुट्टै छलफल

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

देउवाले डाके फेरिपनि विपक्षी दलको बैठक, सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

देउवासँग छलफलमा बस्नुअघि ओली र रविसँग छलफल गर्दै प्रधानमन्त्री