काठमाण्डौः त्रिभुवन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रले शिक्षाशास्त्र अन्तर्गत स्नातकोत्तर (एमएड) तहमा नयाँ भर्ना खुला गरेको छ ।
सेमेस्टर प्रणालीमा सञ्चालन हुने स्नातकोत्तर (एमएड) तहका लागि गणित शिक्षा र अंग्रेजी शिक्षाका लागि पहिलो सेमेस्टरमा भर्ना खुलाइएको हो त्रिभुवन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रले जनाएको छ ।
भर्नाका लागि पुस ११ गते देखि माघ १० गतेसम्म आवेदन फारम भर्न सकिने त्रिविले जनाएको छ । प्रवेश परीक्षा भने माघ १८ गते शनिवार मध्यान्ह साँढे १२ बजेमात्र सञ्चालन हुने जनाइएको छ । आवेदन फारम भर्नको लागी शिक्षाशास्त्र संकायको वेभसाइट www.odectu.edo.np बाट प्राप्त गर्न सकिनेछ ।
प्रवेश परीक्षाको नतिजा माघ २२ गते प्रकाशित गरी माघ मसान्तसम्म भर्ना लिइने खुला तथा दूर शिक्षा केन्द्रको तयारी छ ।

