सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

२०७८ असोज २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः छन्द–तरङ्ग, काठमाडौँले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ ।

कविद्वय डा रामप्रसाद ज्ञवाली र डा देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष रु पच्चीस हजारसहितको छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ ।

शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार प्रदान गर्दै कँडेल र न्यौपाने दुवै स्रष्टाले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा कुलपति उप्रेतीले कवि कँडेलद्वारा लिखित ‘सम्यक् सम्बुद्ध’ महाकाव्य र कवि न्यौपानेद्वारा लिखित ‘चन्दयुग चन्दशास्त्र पर्व’ दुई कृतिको विमोचन गर्नुभएको थियो ।

प्राज्ञ प्रा डा हेमनाथ पौडेलले विमोचित दुवै कृतिका बारेमा बोल्दै कँडेलमा उच्च कवित्व प्रवाह रहेको र न्यौपाने नेपाली कविताका क्षेत्रमा प्रतिभा रहेको विचार व्यक्त गर्नुभयो भने प्राज्ञ माया ठकुरीले छन्द–तरङ्गले कविहरूलाई उच्च सम्मान दिनु सन्देशप्रद भएको बताउनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

पहिलो पटक मिस युनिभर्समा भाग लिदै साउदी अरब

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

‘बडे मियाँ छोटे मियाँ’मा मास्कवाला भिलेन, जसको फिल्मले कमाएको थियो ७०० करोड

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

केपी ओलीले हेरे ‘महाजात्रा’

नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे: विपिन कार्की

अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

४८ दिनमा सकियो फिल्म ‘पुजार सार्की’ को छायांकन

१०० कराेड कमाउने पहिलाे हरर फिल्म बन्याे ‘शैतान’