सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र जर्मन चान्सलर मार्केलबीच फोनवार्ता

२०७८ असोज २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मार्केलबीच फोनवार्ता भएको छ ।

उहाँहरुका बीचमा युक्रेनका विषयमा कुराकानी भएको रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो फोनवार्ताका क्रममा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको हिंसाको अन्त्यका लागि कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनका कतिपय स्थानमा पछिल्लो समयमा हिंसा जारी रहेको छ । युक्रेनको हिंसा रोक्नका लागि भन्दै सन् २०१५ मा मिन्स्क सम्झौताका भएको थियो । तर सो सम्झौतापछि पनि हिंसा रोकिएको छैन ।

यहाँ पछिल्ला केही समयमा द्धन्द्ध चर्किएको छ । यसबाट कैयौँ नागरिक विस्थापित पनि भएका छन् । पछिल्ला दिनहरुको सो आन्तरिक द्धन्द्ध रोक्नका लागि भन्दै उहाँहरुबीचमा आवश्यक छलफल र परामर्श भएको बताइएको छ ।

साथै रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा अरु पनि कतिपय अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि कुराकानी भएको बताइएको छ । रासस सिन्हा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल