सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सङ्घीय सरकारबाट हिन्दुधर्ममाथि आक्रमण किन ? अधिकारीश्री

२०७८ असोज ३१, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चीनका कम्युनिष्टले विगत सय वर्षमा गरेको विकास, सन् १९६० सम्म मरुभूमि रहेको दुबईमा यूएइले मारेको फड्को, मोहम्मद महाथिर र ली क्वानहरू जन्माउने मलेशिया र सिङ्गापुर, भोकमरीबाट संसारमा चिनिएको इथियोपिया, जातिय नरसंहारबाट गुज्रेको रुवाण्डा जस्ता देशले राष्ट्रको आयआर्जनलाई लगातार वृद्धि गर्दै विकाश र अर्थतन्त्रमा लगानी गरी एकैसाथ कार्यान्वयन गरेर देशलाई धनी बनाउँदै गए । तर नेपालको स्थानीय र सङ्घीय सरकारहरू भ्यू टावर, पार्क, पहाडको छाती क्रेनले चिथोर्दै र सुंगुरको मूर्तिलाई कृषिक्रान्ति र विकाशको नाममा परिभाषित गर्ने कार्यमा व्यस्त छन् । नेपालको कम्यूनिष्ट सरकारको साम्यवादले शायद ४० लाखबराबरको सुंगुरको पाठापाठी किसानलाई वितरण गरे गरिव किसानको आर्थिक स्तर बढ्ने थियो होला । विकाशको नाममा छुट्याइएको राज्यकोषको दुरूपयोग गर्दै समाजलाई धार्मिक रूपमा विभाजन गर्ने एकतिर दुई निशानको मार्गमा सङ्घीय सरकारहरू अग्रसर रहेका छन् ।

पश्चिमा र क्रिश्चियनहरू आफ्नो अभीष्ट पूरा गर्न संसारभर जुनसुकै राष्ट्रमा धर्म, जात, भाषा, चाडपर्व र संस्कारहरूमाथि आक्रमण गर्ने गरेका छन् । नेपालमा माओवादी सशस्त्र निर्माणमा पनि धर्म र जातमाथि पश्चिमाको निर्देशनमा आक्रमण गरेकै हो । हाल नेपालमा जातिवादी राजनीति त्यही निर्माणबाट शुरु भयो ।

धनकुट्टाको हिलेमा तोङ्वा खाने गिलास (भाँडो)को मुर्ति बनाएर राखिएको छ । नेपालका केही निश्चित जातजातिहरूमा मदिरा सेवन र प्रयोग पर्व एवम् पूजापाठको लागि स्वीकारयोग्य छ । तर मदिरा नै नेपालीहरूको संस्कार र संस्कृति होइन । उदयपुरको बेलका नगरपालिकामा सुङ्गुरको मुर्ति बनाइएको छ । नेपाली समाजलाई सुगुंरलाई अन्य ब्यक्तिसँग जोडी सम्बोधन गर्दा आदरार्थी वा गालीगलौजको रूपमा लिइन्छ ।

लाखौँ खर्च गरेर बनाइएका यी दुवै स्थानमा फाल्गुणानन्द, सुम्निमा, यलम्बर, बुढासुब्बा, मुन्धुमको किताब वा बराहअवतारकै मूर्ति राख्न सकिन्थ्यो । मुन्धुम पुस्तकको मूर्ति बनाई केही मुन्धुमको श्लोकहरूलाई किराँती भाषामा लेखिएको भए सबैको सम्मान र इज्जतको विषय बन्थ्यो होला । यहाँ प्रश्न यी मूर्ति किन राखियो भन्ने भन्दा पनि समाजमा निर्माणको बिज रोप्न यस्ताखाले मूर्तिहरूले कस्तो भूमिका खेल्नेछन् भन्ने हो ।

जहाँ धर्मान्तरण गर्न सजिलो छ, जहाँ जनजाति र उत्पीडितको बाक्लो उपस्थिति रहेको छ, त्यस्ता स्थान छानेर क्रिश्चियनहरूलाई सजिलो बनाउने कार्य स्थानीय सरकारबाट भएको छ । केही दशकपछि क्रिश्चियनहरूले सुंगुर र रक्सीलाई उदाहरण लिएर धर्मान्तरणप्रति वकालत र प्रवद्र्धन गर्ने कडीको रूपमा र आफ्नो मौलिकता मास्न यस्ता खाले निर्माण भएको हो । फाल्गुनन्द, यलम्बर वा बुढासुब्बाको तुलना तोङ्वाको भाँडो र सुंगुरसँग हुनै सक्दैन ।

मौलिक धर्ममाथि प्रहार गर्न समाजमा द्वन्द्व र द्वेष सिर्जना गर्ने कार्य हिले र उदरयपुरमा मात्र होइन जिल्ला–जिल्लामा भएका छन् । स्थानीय सरकारले पहाडको डाँडालाई चिथोरेर पहिरोलाई चिरकालपर्यन्त बनाएझैँ अर्कातिर स्थानीय सरकारबाट हरियो रुख काटेर कङ्क्रिटको रुख बनाइ हरियाली र विकासको मूर्ख सन्देश दिएका तस्बिर पनि सामाजिक सन्जालमा छ्याप्छ्याप्ती भए ।

क्रिश्चियनको मूख्य तारो हिमाली र पहाडी जिल्लाहरू रहेका छन् । यसमा अझ धर्मान्तरण र चर्च स्थापनाको लागि विशेष लक्ष्यमा गोरखा, कीर्तिपुर र नुवाकोट जिल्ला मूख्य रूपमा रहेको छ । पृथ्वीनारायण शाहको गोरखपथ र उनको सम्झन योग्य योगदानलाई निमिट्यान्न पारी गोरखा जिल्लालाई क्रिश्चियन जिल्ला बनाउने कार्यमा बाबुराम भट्टराईको साथ, समर्थन र सहयोग रहेको छ । गोरखा जिल्लाका अधिकांश विकट पहाडी र हिमाली भेगका गाउँ–गाउँमा क्रिश्चियन धर्मावलम्बी रहेका छन् र जस्ताको छानो भएका सैयौँ चर्च बनाइएका छन् । बिचरा गोर्खाली नेपालीले क्रिश्चियन र इसाइ भन्ने शब्द नै नसुनेको गाउँ क्रिश्चियनमय भएको छ । स्थानीय सरकारको प्रत्येक्ष सहयोग र सद्भाव बेगर यो सम्भव हुनै सक्दैनथ्यो ।

गत श्रावण २०७८ मा बेलायतको रश्मोर बरो काउन्सिलले गोरखा नगरपालिकामार्फत गोरखा जिल्लाको लागि लगभग ७० लाख भन्दा बढीको पीपीई, मास्क, पन्जालगायत सामाग्री नगरपालिकालाई उपलब्ध गराएको छ । रश्मोर बरो काउन्सिल क्रिश्चियानिटी प्रवद्र्धन र धर्मान्तरणको लागि गोप्य रूपमा आर्थिक सहयोग गर्ने संस्था हो । यो बरो काउन्सिलले गोरखामा आफ्ना गतिविधिहरू निर्वाध रूपमा सञ्चालन गर्न गोरखा नगरपालिकासँग भगिनी संस्थाको रूपमा सम्झौता गरेको थियो ।

ललितपुरको गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा द लेप्रोसी मिसन नामक गैरसरकारी संस्थाको सहयोगमा क्रिश्चियन धर्मको प्रचार तथा धर्मान्तरणको लागि बाध्य बनाइएका समाचारहरू आए । बिरामीलाई औषधीको साथ क्रिश्चियन धर्मपुस्तिका दिइ प्रार्थना विधि–विधान समेत सिकाइने गरिएको तथ्य उजागार भयो । कुष्ठरोगको उपचार क्रिश्चियन विधिद्वारा समेत गरिनुपर्ने भन्दै अस्पतालका भित्ताहरू क्रिश्चियन धर्मसम्बन्धी तस्बिर र पोष्टरहरूले सजिएका छन् । अस्पतालभित्रै प्रार्थनागृह समेत बनाइ स्थानीय सरकारको प्रत्येक्ष सहयोग र संरक्षणमा धर्म प्रचार र धर्मान्तरण भइरहेको अवस्थामा अस्पताल र धर्मान्तरणमा कारवाही हुने कुरै आउँदैन । नेपालका स्थानीय सरकारहरूले धर्मान्तरण र क्रिश्चियनको प्रचारलाई संरक्षित गरेका छन् । नेपाल समाचारपत्रको उक्त समाचार यहाँ छ ।

मुस्लिम र बौद्धिष्टलाई यिनीहरूले क्रिश्चियन बनाउँदैनन् । क्रिश्चियानिटीको नाममा अविवाहित पुरुषको परिवार नियोजन गर्ने, गर्भवती महिलाको गर्भ तुहाउने, घर-परिवार भाँड्ने, ब्यक्तिगत सम्पत्तिसमेत हत्याउने जस्ता कार्य सरकारी संरक्षणमा हुँदै आएको समाचार नेपलालाइभडटकमले सप्रमाण भिडियोसहित सार्वजनिक गरेको थियो । नेपाललाइभडटकमको भिडियो 

ललितपुरको पुल्चोकमा रहेको समय फाल्चा जहाँ रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको विधि र परम्पराहरूको प्रयोग गरिन्थ्यो, उक्त स्थान अतिक्रमण गरी कंक्रिटको भवन बनाइएकोमा उक्त स्थानमा मल्लकालीन फाल्चा पुनःनिर्माण गर्नको लागि सर्वोच्च अदालतले स्विकृति दिए पनि ब्यापारिक समूहको दबाब र क्रिश्चियनहरूको प्रभावबाट कहिले गृहमन्त्रालय र कहिले न्यायालयले समय फाल्चा परम्परागत ऐतिहासिक फाल्चा निर्माण गर्न अवरोध गरिरहेको छ । जब–जब नेपालीहरूको पर्व जुन हिन्दुधर्म र पृथ्वीनारायण शाह, गोरखनाथ र मच्छिन्द्रनाथसँग सम्बन्धित विषय हुन्छन्, त्यस्ता कार्यलाई निमिट्यान्न पार्न क्रिश्चियन मिशनरीहरूले सरकारमार्फत हिन्दुधर्मको प्रवद्र्धन र संरक्षण हुन दिँदैनन् । एक पूर्वप्रधानमन्त्रीले कोभिड महामारीको कारण मच्छिन्द्रनाथको जात्रामा रोक लगाएर पार्टीका भेलाहरूलाई निरन्तरता दिएका थिए । यो प्रत्यक्ष रूपमा क्रिश्चियनहरूलाई लाभ पुर्याउने र जात्रा पर्व जस्ता ऐतिहासिक संस्कारलाई बिस्तारै समाजको आर्कषण कम गर्दै जाने लक्ष्यले अभिप्रेरित भएकै थियो ।

पाटनमा उत्कृष्ट कलाको रूपमा रहेको चपाह छे गुइठ फाल्चालाई पुनःनिर्माणको स्थानमा कङ्क्रिटको नवनिर्माण गरी नेवारी संस्कृतिलाई निमिट्यान्न पारियो । ऐतिहासिक फाल्चा रहेको ठाउँमा ब्यवसायिक भवन बनिसकेको छ । उक्त भवनलाई भाडामा लगाउने योजना रहेको बुझिएको छ । जब हाम्रो ऐतिहासिक धरोहर समाप्त हँुदै जान्छन्, पश्चिमाहरूले क्रिश्चियानिटीलाई प्रवद्र्धन गर्न सहजता महसूस गर्दछन् । काठमाडौंको संस्कृति समस्त नेपालीको संस्कृति, धरोहर र आस्थाको केन्द्र हो । अझ नेवार समुदायको विशेष आस्था र सम्मान रहेको सांस्कृतिक आस्थाको धरोहर भत्काइ ब्यवसायिक भवन बनाउने कसैलाई पनि कारवाही हुन नसकेको तिक्त अवस्था छ । यसो हुनुमा उनीहरू क्रिश्चियनशक्तिबाट संरक्षित र क्रिश्चियनहरूलाई सरकारी संरक्षण प्राप्त हुनु नै प्रमुख कारण हो ।

भुकम्पमा ढलेको रातो मच्छिन्द्रनाथको मन्दिरको पुनःनिर्माण मौलिक वस्तुहरूको प्रयोग गरी बनिनु पर्दछ । नवनिर्माण गरी काठ र ढुङ्गाबाट बन्नुपर्ने मन्दिरमा सिमेन्टका पिल्लरहरू ठड्याउन रोक्नु पर्दछ । नेपालको मौलिकता नष्ट गर्ने र ऐतिहासिक धरोहरहरूसम्म भावी पुस्तालाई विमुख गराउने उद्देश्यले मौलिक परम्परागत रूपमा गरिनुपर्ने निर्माणलाई तलमाथि गर्ने क्रिश्चियनहरूको अभीष्ट हरदम रहेको हुन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई जस्ताको तस्तै संरक्षण गरी, आधुनिक रेट्रो फिटिङको माध्यमद्वारा संरक्षित गर्नुपर्नेमा नेपाली भाषा र साहित्यमाथि पाप र अन्याय गरी उनको घरलाई आँखैअगाडि भत्काएको पाप नेपालका सबै साहित्यकार, कवि र उनको विषयमा शोध गर्नेलाई लाग्ने नै छ । जीर्ण भवनको पुनःनिर्माण पनि गर्न सकिन्थ्यो तर अहिलेको नवनिर्माणले नेपाली साहित्यको जीवीत इतिहासलाई मारिदिएको छ । अबका पुस्ताले आधुनिक नवनिर्माणलाई नै महाकविको घर मान्ने छन् । नेपाली भाषा र साहित्यको इतिहास मेटिँदा यसको फाइदा पश्चिमा र क्रिश्चियनले आगामी दिनमा लिने नै छन् ।

यस्तै, नवनिर्माणको कार्य धरहरा, सिंहदरबार, काष्ठमण्डप र वसन्तपुरमा गरी पुरानो मौलिक संरचनालाई निमिट्यान्न पारि ऐतिहासिक स्वरूपलाई नै परिवर्तन गरियो, गरिँदै छ । इतिहास र ऐतिहासिक संरचना अनि प्रमाण नष्ट गर्नेलाई राजद्रोह, राष्ट्र-अपराधको श्रेणीमा राख्दा पनि कम हुन्छ । यस्ता कार्यमा संलग्न हुनेलाई कारवाही हुन नसक्नुको कारण उनीहरूको लगाव र झुकाव क्रिश्चियनप्रति भएर हो भन्ने प्रशस्त आधार र कारण यिनै नवनिर्माणले दिएका छन् । यी सबै कार्य सरकारी लक्ष्य र संरक्षणमा नै भएका हुन् । जसले गर्दा सदियौँ पूरानो हाम्रो मौलिकतालाई नष्ट गरियो । भीमसेन थापाका धरहराका इट्टाहरू, काष्ठमण्डपका काठहरूको बारेमा अबको केही वर्षपछि समाचार आउनेछन् । जसलाई खोज्न अलिबाबा, एमाजोन र इबेका अनलाइन सपिङहरूमा पुग्नुपर्ने हुन्छ । नेपालत्व नेपालीत्व भनेको हिन्दुराष्ट्र र राजसंस्थालाई बर्बाद पारेर क्रिश्चियनको खुट्टा मोल्नेहरूले नेपाली समाजका हरेक युवाहरूलाई गाँजाको कुलतमा पार्ने अर्को षडयन्त्रसमेत सङ्घीय सरकारले शुरु गरिसकेको अवस्था छ ।

रानीपोखरी शहरको बीच भागमा ओझेलमा पर्‍यो । यसलाई अन्यत्र सारेर रानीपोखरी जस्तै पोखरी काठमाडौं उपत्यकाको कुनै क्षेत्रमा बनाइ उक्त स्थानमा सपिङमल, बार र रेष्टुरेन्ट खोल्ने निर्णय सङ्घीय सरकारले गरेमा अचम्म मान्नु पर्दैन ।

गाईजात्रामा नेवार समुदायलाई मात्र विदा !

गाईजात्रा नेवार समुदायको मात्र नभइ मल्लकालदेखि चलेको नेपालीहरूको पर्व हो । गाईजात्रामा नेवार समुदायलाई मात्र बिदा दिने निर्णय भनेको क्रिश्चियानिटी प्रवद्र्धन गर्ने नेपाल सरकारको मकसद हो । नेपाली चाडपर्वमाथि नेपालीहरूको लगाव र महत्वलाई कम गर्दै क्रिश्चियनलाई सहयोग गर्नु यो निर्णयको लक्ष्य हो । सरकारले जातको आधारमा हक अधिकार प्राप्त हुने ब्यवस्था त संविधानमा गरेकै छ । अब सार्वजनिक विदा पनि जातको आधारमा प्राप्त हुने निर्णय शेरबहादुर देउवाको सरकारले ७ भाद्र २०७८ मा गरेकै हो ।

सिहंदरबारभित्र क्रिश्चियन मिशनरीहरूको प्रवेश भएर नै नेपालका राष्ट्रिय सभ्यता, संस्कार र चाडपर्वलाई समुदायभित्र विभाजित गरी सांस्कारिक र धर्मको नाममा नेपालीलाई कमजोर बनाउने कार्य भएकै छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौंका विभिन्न जात्रा र पर्वहरूमा सरकारबाट प्राप्त हुँदै आएको सहयोगलाई रोक्ने प्रयास गरेका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा परापूर्व कालदेखि चलिआएको गुठी परम्परा जसले प्रत्यक्ष रूपमा हिन्दुधर्म र नेवार समुदायको जात्रा, पर्व र विभिन्न चाडपर्वलाई प्रवद्र्धन गर्दछ, त्यसलाई रोक्ने दुस्साहस गर्दा काठमाडौंका नेवार समुदायले फलदायी प्रतिरोध गरेकै हुन् । गाईजात्रा समग्र नेपाल र नेपालीको, संसारमा कतै नभएको प्रताप मल्लको पालादेखि चलेको पर्व हो । यो सिर्फ नेवारहरूको मात्र पर्व हो भनी नेपाली हिन्दुसमाजलाई नेवारी जात्रा, पर्वसँग विच्छेद गर्ने कार्य नेपाल सरकारले गरेको छ । वर्तमान प्रधानमन्त्रीले गाईजात्रालाई नेवारहरूको मात्र पर्वको रूपमा ब्याख्या गरी विश्वमै प्रख्यात गाईजात्राको महत्व र ऐतिहासिकता एवं नेपालीत्वलाई कम गर्न र गाईजात्रालाई विस्तारै समाजबाट विस्थापित गर्न सिर्फ नेवार समुदायलाई मात्र बिदा दिने नेपाल सरकारको निर्णय क्रिश्चियन दर्शनबाट अभिप्रेरित रहेको छ भन्न अब कुनै माथापच्ची गरिरहनु पर्दैन ।

गोरखनाथ, मच्छिन्द्रनाथ, पशुपतिनाथ नै नेपालको चिनारी, गौरव, परिचय र नेपालत्व हो । पशुपतिनाथको आरतीलाई ओझेलमा पार्न र त्यसको ध्यानलाई राष्ट्रिय गानतर्फ केन्द्रित गरी आरतीको महत्वलाई कम गराउने उद्देश्यको साथ राष्ट्रिय गान सुन्दै आर्यघाटमा लाश जल्नुपर्ने निर्णय एक मन्त्रीले गरेका थिए । वागमती किनारमा हुने पशुपतिनाथको आरतीको आकर्षण र श्रद्धा बढ्दो छ । यसलाई रोक्न नसकेता पनि आरतीको ध्यान र आस्थालाई अन्यत्र लगाउन सकिने क्रिश्चियन लक्ष्य यसमा रहेको थियो । आर्यघाटका शोकाकुलहरूलाई पशुपतिको आरतीले समेत शोकबाट बाहिर निस्कन प्रेरणा र उर्जा दिने र आराध्यदेव पशुपतिनाथसँगको आस्था र विश्वास अझ मजबुत हुने कुरालाई क्रिश्चियनहरू तोड्न चाहन्थे । आर्यघाटको राष्ट्रिय गानसम्बन्धी निर्णय क्रिश्चिनद्वारा अभिप्रेरित रहेको थियो । जहाँ फेरि क्रिश्चियनहरू राष्ट्रियगान र पशुपतिको आरतीमाथि एकसाथ आक्रमण गरी यसको महत्व र आस्थालाई कम गराउने नियोजित उद्देश्यका साथ मन्त्रीलाई प्रयोग गरेका थिए । हालसम्म विवादित नै रहेको हालको राष्ट्रियगान भन्दा हजारौँ गुणा माथि सनातन वैदिक परम्परा मान्ने मेरो र नेपालीको आस्था पशुपतिनाथ र आरती तथा ‘जटा टवी गलज्जल प्रवाह पावितस्थले गलेद्रवलम्ब्य लम्बितां भुजङ् तुङ मालिकाम्’मा रहेको छ ।

यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न नै यही हो कि राष्ट्रिय गानको लागि उनले किन पशुपतिनाथलाई रोजे र किन सिंहदरबारका सबै कर्मचारीहरूले वा प्रत्येक सरकारी कार्यालयले विहान दश बजे राष्ट्रिय गान गाउनुपर्ने, प्रत्येक निजी संघ-संस्थाहरूले समेत कार्यालय शुरु गर्नुभन्दा पहिले राष्ट्रिय गान गाउनुपर्ने आदि इत्यादि निर्णय गरेनन् ? हो यसैलाई भनिन्छ हिन्दुधर्ममाथिको राजनीति र क्रिश्चियानिटीलाई संरक्षण !

पशुपतिनाथ जस्तो पवित्र र आस्थाको धरोहर रहेको श्लेषमान्तक वनमा क्रिश्चियनहरूले चिहान राख्न पाउने मागलाई २०६८ सालमा नै सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर पनि श्लेषमान्तक वनमा क्रिश्चियनहरूले लाश गाड्न छोडेका छैनन् । किन क्रिश्चियनलाई श्लेषमान्तक वन नै चाहियो भन्ने कुरा प्रष्ट छ । पशुपतिनाथको क्षेत्रलाई क्रिश्चियनको चिहान बनाइ आराध्यदेवप्रतिको आस्थालाई कमजोर र दुषित बनाउने अभिप्राय यसमा लुकेको छ । पशुपति क्षेत्र विकाश कोषले किन श्लेषमान्तक वनलाई काँडेतार र चौविस घण्टा प्रहरी सुरक्षामा राख्न सक्दैन । यसको जवाफ प्रष्ट छ- कोष आफैले पशुपतिभित्र बसेर क्रिश्चियानिटीलाई प्रवर्द्धन गरिरहेको छ ।

कागेश्वरी नगरापालिकामा रहेको पशुपतिनाथ गुठीको जग्गा दिनहुँ अतिक्रमण भइरहेको छ । कोषले न रोक्न खोज्छ न त अतिक्रमण रोक्नको लागि सरकारी निकायसँग सहयोग नै माग्दछ । जडीबुटी मनहरा किनारमा नियोजित रूपमा सुकुम्वासीको नाममा टहरा बनाइ हाल कङ्क्रिटको चर्च सुकुम्वासी बस्तीभित्र बनेको छ । कोषको योजना मनोहराको पुनरावृत्ति हो भन्न सकिने आधार र कारण यहाँ पनि रहेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवलाई होलीवाइन आयोजक एकनाथ ढकालको विश्वासपात्रको रूपमा समेत हिन्दु अभियन्ताले आरोप लगाउने गरेका छन् । यसअघि अन्य कुनै संस्थाको ब्यवस्थापकको रूपमा कार्य गरिरहेका यिनलाई निश्चित उद्देश्य र कार्य गर्न पूर्वमन्त्री भानुभक्त ढकालले कोषमा ल्याएका आरोपहरू पनि छन् । भानुभक्त ढकाल तिनै मन्त्री हुन् जो एकनाथ ढकाल र माधवकुमार नेपालसँगै होली पिउने समूहमा हायात गएका थिए । विभिन्न समयमा राजा-महाराजाले चढाएका बहुमूल्य बस्तुहरू उस्तै आकार र प्रकारमा बनाइ परिवर्तन गरेर सक्कली बस्तुलाई गायब बनाइएको आशङ्का पनि कतिपय कट्टर हिन्दुवादीले गरेका छन्, जो अनुसन्धानको पाटो हुन सक्छ ।

धर्म परिवर्तन गराउने उद्देश्यले आउने, धर्मप्रचार गराउँदै हिँड्ने तथा हिन्दुधर्म संस्कारप्रति द्वेष फैलाउँदै क्रिश्चियन बन्न लगाउने धन्दामा अध्यागमन विभाग जसले ओभरस्टेमा पक्रेर सम्बन्धित देश फिर्ता गर्न सक्दैन, प्रहरी धर्म प्रचार र धर्मान्तरणमा पक्राउ गरेर अनुसन्धानसहित कारवाहीको लागि सरकारी वकिलको कार्यालयमा प्रस्तुत गर्न सक्दैन, प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारप्रमुखहरू सबैको यस्तो कार्यमा मिलिभगत हुने गरेकोले नै नेपालमा धर्मान्तरणको दर उच्च रहेको हो । क्रिश्चियनहरूको तारोमा हिन्दु मात्र छन् । क्रिश्चियनहरूको मिशन नै नेपालमा हिन्दुहरूको संख्या घटाउनु र हिन्दुधर्म संस्कृति र संस्कारको नाश गर्नु हो । हिन्दु संस्कार, रीतिरिवाज, चाडपर्वहरूमा लगातार आक्रमण भइरहँदा पनि सरकार मौन रहनु भनेको ‘मौनम् सम्मति लक्षणम्’ अर्थात् क्रिश्चियनहरूलाई तिनका गतिविधिमा सरकारी तवरबाटै संरक्षण प्रदान गर्नु हो । घटना र विचारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले

राष्ट्रिय सभालाई नजरअन्दाज : खिमलाल देवकोटा

प्रदेशको हातखुट्टा बाँधेर संघीयता बलियो हुँदैन : पृथ्वीसुब्बा गुरुङ