सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली शान्ति सैनिकद्धारा कंगोमा विद्यालय पुर्नःनिर्माण

२०७८ कार्तिक ५, शुक्रबार

काठमाण्डौंः द्वन्द्वग्रस्त मुलुक कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले त्यहाँको एक विद्यालय पुनः निर्माण गरिदिएको छ। शान्ति स्थापनार्थ तैनाथ रणशेर गणले कंगोको स्थानीय एटोङगो इलाकामा  रहेको विद्यालयको पुनःनिर्माण गरेको हो।

नेपाली सेनाले विद्यालय पुर्ननिमार्ण गरी स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको छ । कार्तिक १ गते कंगोमा आयोजित कार्यक्रममा नेपाली सेनाले सो विद्यालय हस्तान्तरण गरेको हो । कोभिड–१९ मापदण्ड पूरा पालना गरी कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विद्यालय हस्तान्तरण कार्यक्रममा त्यहाँस्थित शिक्षा मन्त्रालयका अधिकारी, मेयर, युनिसेफका प्रतिनिधिलगायतको उपस्थित थियो।

सो अवसरमा नेपाली शान्ति सैनिकको युनिटले कोरोना रोकथामका लागि अत्यावश्यक सामग्रीहरु उपलब्ध गराएको थियो । कार्यक्रममा सम्बोधन गर्दै स्थानीय मेयरले विद्यालय पुर्ननिर्माणबाट विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने बताएका थिए।

उनले शान्ति सैनिकले गर्दै आएको जनहीतको कामबाट कंगोका स्थानीय जनता र शान्ति सैनिकबीच विश्वासको वातावरण बढने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रचण्ड, माधव र बाबुरामबीच सिंहदरबारमा गोप्य भेटवार्ता शुरु

नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढेको छ : मन्त्री झाँक्री

प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव: अर्थबाट स्वीकृत, गृहमा अड्कियो

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छुः पर्यटनमन्त्री आले

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था: ८ हजार सुरक्षाकर्मी सहित, ‘नाइट भिजन’बाट निगरानी

स्थानीय तहका १,६१३ कर्मचारीहरुको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिकासहित)

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ