सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

२०७८ कार्तिक ५, शुक्रबार

काठमाण्डौः युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गर्नुभएको छ । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहनुभएका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गर्नुभएको हो ।

दीक्षान्त पश्चात वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री गहतराजले नेपाल स्काउट युवालाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताउनुभयो । उहाँले नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आपूm पनि दृढ रहेको बताउँदै राष्ट्रिय अन्तरराष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो ।

समारोहमा वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणलाई सम्मानसमेत गरिएको थियो । मन्त्री गहतराजले स्काउट कार्यालय परिसरमा स्काउटका प्रर्वतक लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गर्नुभई भौतिक सम्पत्तिको बारेमा जानकारी लिंदै अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका वरिष्ठ स्काउटर र स्थानीय तहका संयोजकलगायत स्काउटर तथा रोभर, रेन्जरको उपस्थिति रहेको थियो ।

नेपालमा सन् १९५२ मा स्थापना भएको स्काउट हालसम्म निरन्तररूपमा सबै जिल्लामा क्रियाशिल रहेको छ । अनुशासन, साहस एवम् सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको स्काउटको मिसनअनुसार नेपालमा युवालाई जिम्मेवार नागरिक बनाउने, उनीहरुको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य लिएको छ ।

स्काउट विशुद्ध गैरराजनीतिक एवम् सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धालाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागिपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव: अर्थबाट स्वीकृत, गृहमा अड्कियो

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छुः पर्यटनमन्त्री आले

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था: ८ हजार सुरक्षाकर्मी सहित, ‘नाइट भिजन’बाट निगरानी

स्थानीय तहका १,६१३ कर्मचारीहरुको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिकासहित)

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने