सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘गम्भीर विवादको भुमरीमा न्यायपालिका’

२०७८ कार्तिक ६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गठबन्धन सरकारमा भागबन्डा खोजेको भनी उठेको विवाद सन्दर्भमा पूर्वन्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति गम्भीर शंका व्यक्त गरेको छ।

सर्वोच्च अदालतसँग जोडिएका विभिन्न खालका विवादले गर्दा न्यायिक स्वच्छता झन्झन् धुमिल हुँदै गएको र न्यायपालिका गम्भीर विवादको भुमरीमा परेको फोरमको टिप्पणी छ।

आफ्ना विषयमा उठेका सम्पूर्ण विवादमा प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिन फोरमले आग्रह गरेको छ। प्रधानन्यायाधीश जबराले निकास नदिए निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले संवैधानिक दायित्व पूरा गर्नुपर्ने फोरमको विश्लेषण पत्रमा उल्लेख छ।

‘प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको रिट निवेदनमाथि सुनुवाइमा ढिलाइ गरिएको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीको विषयले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था, स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्छ’, शुक्रबार सार्वजनिक विश्लेषण पत्रमा भनिएको छ, ‘यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ।’ न्यायपालिका जोगाउने अन्तिम  दायित्व स्वयं न्यायाधीशहरूको भएको समेत पूर्वन्यायाधीशहरूले स्मरण गराएका छन्।

‘प्रधानन्यायाधीशबाट न्याय–पालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशमाथि उठेका सम्पूर्ण विवादको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले संवैधानिक दायित्व, कर्तव्य पूरा गर्न अग्रसर हुन हामी आह्वान गर्दछौं’, फोरम अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विश्लेषण पत्रमा भनिएको छ।नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा

सुनकोशीमा बेपत्ता ३ मध्ये १ जनाको शव फेला

सत्तारूढ दलमै जुटेन सहमति

सशस्त्र प्रहरी बल चौबिसै घण्टा सीमा गस्तीमा

स्वदेशी पाँच वस्तुको निर्यात उच्च

भूकम्पपीडितले ४ महिनादेखि पाएनन् आवासको रकम