सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारले राहतको विशेष प्याकेज ल्याउँछः मन्त्री बडू

२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौः न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउनुभएको छ । नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीले राहत र पुनर्निर्माणका लागि विशेष चासो दिनुभएको बताउनुभयो । “पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले भन्नुभयो, “योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनामा सरकार लाग्छ ।”

बाढी र पहिराबाट भएको क्षतिका कारण पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौँ ।” फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताउनुभयो । “मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,” उहाँले भन्नुभयो, “अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन् ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बाढी र पहिराको सबैभन्दा बढी मारमा सुदूरपश्चिम प्रदेश रहेको बताउनुभयो । “हामीले पनि प्रधानमन्त्रीज्यूको टोलीसित बाढी र पहिरो पीडित क्षेत्रको स्थलगत अनुगमन गर्दा निकै दर्दनाक अवस्था छ,” नेता लेखकले भन्नुभयो, “तत्काल सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।”

किसानलाई राहत र घरबारविहीन भएकालाई छाक टार्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै उहाँले बताउनुभयो “यहाँ भएको क्षति प्रधानमन्त्रीले आफैँ हेरेर जानुभएको छ । तत्काल राहत ल्याउन सरकारले पहल गर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव: अर्थबाट स्वीकृत, गृहमा अड्कियो

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छुः पर्यटनमन्त्री आले

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था: ८ हजार सुरक्षाकर्मी सहित, ‘नाइट भिजन’बाट निगरानी

स्थानीय तहका १,६१३ कर्मचारीहरुको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिकासहित)

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने