सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल–माल्टा पर्यटन साझेदारीमा जोड

२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौः प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको बताउँदै त्यसनिम्ति आवश्यक प्रयास हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालका लागि माल्टाका गैरआवसीय राजदूत रुबिन गाउचीको सम्मानमा यहाँस्थित माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले नेपालको पर्यटनलाई अझ उजिल्याउन माल्टाबाट धेरै सिक्न सकिने बताउनुभयो । माल्टा र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत गाउचीले त्यसलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो ।

उहाँले दुई हजार दुई सयभन्दा बढी नेपालीले माल्टामा काम गरिरहेका जानकारी दिँदै भविष्यमा थप नेपालीलाई रोजगारीका अवसर उपलब्ध गराउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीच श्रम सम्झौता गर्नसके पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न मद्दत पुग्थ्यो । ”

माल्टाको अथाह समुद्र र नेपालको सर्वोच्च शिखर सगरमाथाको समुचित प्रवद्र्धनबाट मनग्य पर्यटक आकर्षित गर्न सकिने विचार व्यक्त गर्दै उहाँले द्विपक्षीय व्यापार बढाउन आफू सहजकर्ताको भूमिका निर्वाह गर्न तत्पर रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिवन्ध

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्ड

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत् वार्ता युक्रेनमा रुसले आक्रमण

मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम

अमेरिकाले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन, निर्वाचनको घोषणा