सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजिनक गर्न केही समय लाग्ने

२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौः ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ।

राष्ट्रपति जो बाइडेनले जनाएअनुसार उक्त घटना सँग सम्बन्धित बाँकी फाइलहरू तत्काललाई पूर्णरूपमा सार्वजनिक गर्नबाट रोकिने छ । अर्को वर्ष डिसेम्बर १५ सम्म मा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० बर्षपछि उक्त घटनासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।

सन् २०१८ मापूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै गोप्य फाइलहरू सार्वजनिक गरेपनि सुरक्षाको कारण देखाउँदै अन्य कागजात सार्वजनिक गर्नबाट रोकिएको थियो।
ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रिय संग्रहकर्तालाई त्यो प्रतिक्रियामा समीक्षा गर्नका लागि यथेष्ट समय चाहिने भएपनि कोरोना महामारीले उक्त कामलाई प्रभावित पारेको छ।

राष्ट्रपति बाइडेनले उक्त कागजातहरूको सार्वजनिकीकरणमा ढिलाइ “सैन्य रक्षा, खुफिया अपरेशन, कानून प्रवर्तन आदिका कारणले भएको बताउँनु भएको छ।
छयालीस वर्षीय पूर्व राष्ट्रपतिको हत्या एक “गहिरो राष्ट्रिय त्रासदी” थियो जुन “अमेरिकी इतिहासमा र त्यस भयानक दिनमा जीवित रहेका धेरै अमेरिकीहरूको सम्झनामा प्रतिध्वनित भएको छ बताइएको छ।

तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा भएको १० महिनाको अनुसन्धानले सोभियत युनियनमा बसेका पूर्व मरीन ली हार्वे ओसवाल्डले केनेडीको गाडीमा गोली चलाएको निष्कर्ष निकालेको थियो। तर आयोगको अनुसन्धान अधुरो भएकोमा आलोचना गरिएको थियो, पछि कङ्ग्रेसको समितिले केनेडीलाई सम्भवतः षड्यन्त्रको परिणामको रूपमा मारिएको” निष्कर्ष निकालेको थियो। अमेरिकी कानूनअनुसार हत्याका सबै सरकारी अभिलेखहरू “जनतालाई पूर्णरूपमा सूचित पार्नका लागि खुलासा गर्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्ड

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत् वार्ता युक्रेनमा रुसले आक्रमण

मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम

अमेरिकाले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन, निर्वाचनको घोषणा

भारत र रुसबीच सम्झौता, राष्ट्रपति पुटिन आज भारत आउदै