सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वाग्मती सफाइ महाअभियान ४४१ औँ हप्तामा

२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौः वाग्मती सफाइ महाअभियानको ४४१औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी किनार सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

पशुपतिस्थित आर्यघाट र भष्मेश्वर घाटमा शव जलाएपछि वाग्मतीमा फालिएका बाँस एवं खट त्यस क्षेत्रमा धेरै भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । नदी किनारमा नियमित फोहर पनि नउठाएको अवस्थामा भेटिएको थियो । आजको सफाइमा उठेको फोहर भने काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो।

सफाइमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मी गरी २०० भन्दा बढीको सहभागिता थियो । कोभिड सुरु भएपछि पहिलोपटक आज नेपाल प्रहरीको सानो समूह पनि सफाइमा सहभागी भएको थियो । विसं २०७६ चैतपछि कोरोना महामारीका कारण प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी सफाइमा सहभागी हुनसकेका थिएनन् । अर्को हप्तादेखि अरु सुरक्षा निकायलाई पनि सफाइका लागि बोलाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

यसैगरी आजै मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको नेतृत्वमा हुने मनोहरा सफाइको २४०औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुल छेउको नरेफाँटमा सफा गरिएको छ । १०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको सफाइ संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि महाअभियान सुरु भएको हो । त्यसदिनदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ हुँदै आएको छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार चाडबाड, जाडो, गर्मी प्राकृतिक विपद्मा पनि महाअभियान रोकिएको छैन ।

यसैगरी आजै उपत्यकाको गुह्येश्वरीमाथिको वाग्मतीको ४१०औँ हप्ताको सफाइ अन्तर्गत गोठाटार पुलमुनिको नदी किनारमा सफा गरिएको छ । सफाइमा कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

उपत्यकाका विष्णुमतीको माथिल्लो र तल्लो भाग, रुद्रमती, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि आजै सफाइ गरिएको थियो । महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीमा पनि सफाइ सुरु गरिएको हो । हाल उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिकस्थलमा पनि सफाइ हुन थालेको छ । काठमाडौँ उपत्यका बाहिर १०८ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र

‘बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ विमोचन

बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

बैतडीमा जीप दुर्घटना : चार जनाको मृत्यु,६ जना घाइते

भारत पुगेको गैँडा उद्धार गरी ल्याइँदै

दुई सय ८६ व्यक्तिको पुनर्मिलन

बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’

गोली लागेर एक युवकको मृत्यु