काठमाण्डौंः निबन्धकार निशेष आङदेम्बेको लिम्बु भाषाको आधुनिक निबन्धसंग्रह ‘थिक निसेन’ (एक दृष्टान्त) सार्वजनिक भएको छ । किरात सिरिजंगा लिपि र देवनागरी प्रकाशित कृतिभित्र १३ ओटा निबन्ध समेटिएका छन् । कृतिलाई अंग्रेजीमा समेत अनुवाद संग्रह ‘एन इलुस्ट्रेसन’ प्रकाशित छ ।
सामाजिक तथा समसामयिक विषयवस्तुलाई समेटेर लेखिएका छन् । ‘काक्चिक्या’ शीर्षकमा समाजमा व्याप्त अनियमितता, ठगी, दलाली, चोरी, भ्रष्टाचारका विषय रहेको छ । ‘आल्लो फरिक आन्निसुम्मिन्बा केबान’ (अहिलेसम्म नदेखिएको बाघ) मा मुन्धुमको दार्शनिक पक्ष र व्यवहार केलाइएको छ । यसैगरी सूचना प्रविधि, मातृभाषा, सिरिजंगा लिपिमा पढ्नु साथ साथै आफू समय अनुकूल अपग्रेड/अपडेट हुनु सकुन् भन्ने लेखकको मुख्य ध्येय रहेको जनाइएको छ ।
लेखक आङदेम्बेको यसअघि सिरिजंगा लिपिमै ‘थाङदेन’ (तन्नेरी) गजलसंग्रह र ‘हाङ्युक्ना पाङ्यक’ (राजधानी सहर) निबन् संग्रह प्रकाशित छन् । उनी पेसाले लिम्बु भाषाका कार्यक्रम संचालक तथा अध्यापक हुन् ।
