सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कलम र कुचीमा महाकविको विम्ब

२०७८ कार्तिक १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा उहाँसम्बन्धी चित्र कोरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित किसान आर्ट ग्यालरीमा आज आयोजित ‘महाकविका विम्ब २०७८’ मा १९ वर्षीय किशोरदेखि ७० वर्षीय कलाकार एकै ठाउँमा बसेर देवकोटाको चित्र कोरेका छन् ।

महाकवीप्रति श्रद्धासुमन अर्पण गर्न कलाकार भेला भएर चित्र कोरिएको कलाकारका अध्यक्ष भीम शर्माले बताउनुभयो । लक्ष्मी जयन्ती मनाउँदै गर्दा कलाकार एकै ठाउँमा भेला भएर क्यानभासमा चित्र कोर्दा कलाकालाई प्रोत्साहन हुने उहाँले सुनाउनुभयो । “आफूले गरेको कामबारे छलफल पनि हुने अनि कलाको गुणस्तर पनि वृद्धि हुने भएकाले सबै कलाकार एकै ठाउँमा जम्मा भएर तस्वीर कोरिएको हो” उहाँले भन्नुभयो,“विभिन्न अवसर पारेर चित्र कोरिदा चित्रकलालाई अभियानकै रुपमा लैजान सजिलो हुन्छ ।”

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, इटहरीलगायतका ठाउँबाट जम्मा भएका कलाकारले देवकोटासम्बन्धी चित्र कोरेका छन् । आज बिहान कोरिएको चित्र केही दिनसम्म सोही स्थानमा प्रदर्शनीका लागि राखिने कलाकार शर्माले जानकारीदिनुभयो । “चित्रमा एकरुपता ल्याउनका लागि सबै क्यानभासको एउटै आकारको छ” उहाँले भन्नुभयो, “एउटै आकारमा कोरिएका चित्रले देवकोटा र उहाँको योगदानका बारेमा बुझ्न समेत सहज हुन्छ ।

कलाकारका उपाध्यक्ष प्रकाश थापा ‘प्रथा’ले बेलाबेलामा कलाकार भेला भएर चित्र कोर्दा कलामासमेत निखारता आउने जानकारीदिनुभयो । “धेरै कलाकार एकै ठाउँमा भेला भएर चित्र कोर्ने अवसर मिल्छ” उहाँ भन्नुभयो, “चित्र कोर्दा हुने कमीकमजोरीको बारेमा समेत छलफलसँगै सुधार गर्न पनि सकिन्छ ।” चित्रकलामा रुचि भएका कलाकार सहभागी भएर देवकोटालाई सम्झिने काम गरिएको कलाकार थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन