सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उहाँकै कुञ्जमा मनाइने

२०७८ कार्तिक १७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती उहाँकै कुञ्जमा मनाउने योजना बनाएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा प्राज्ञहरुले देवकोटा कुञ्ज आफ्नो कार्यकालमा सम्पन्न गरिने बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले देवकोटा राष्ट्रप्रेमी, भाषाप्रेमी, स्रष्टा, अभियानकर्मी र राजनीतिज्ञ भएको उल्लेख गर्नुभयो । देवकोटा सानैदेखि साहित्य सिर्जनामा लाग्नुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु साहित्यकार शासकप्रति कतै नै कतै ढल्किएको भए पनि देवकोटाले कहिल्यै त्यसो गर्नुभएन ।”

प्रतिष्ठानका काव्य विभागका प्रमुख हेमनाथ पौड्यालले आफूहरुको अवधि झण्डै एक वर्ष बाँकी रहेको र यही अवधिमा देवकोटा कुञ्ज निर्माण सम्पन्न गरिने बताउनुभयो । देवकोटा नेपालमा मात्रै नभएर विश्वमा नै प्रख्यात रहेको उहाँको भनाइ छ । देवकोटाका सबै कुरा संरक्षण गरिने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपय प्रतिष्ठानको सङ्ग्रहालय र कतिपय सामग्री उहाँको कुञ्जको सङ्ग्रहालयमा सुरक्षित राखिनेछ ।”

देवकोटाका छोरा प्रा डा पद्मप्रसाद देवकोटाले महाकवि देवकोटाका स्मृति सङ्कलन र संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । विगतमा परिवारलाई नै संरक्षण गर्न भनिए पनि अहिले प्रतिष्ठान नै कुञ्ज निर्माणमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले रहनुभएकाको अवधि सकिँदा निर्माणमा असर नगरोस् ।”

स्रष्टा प्रा डा मोहनप्रसाद खनालले आफूसँग देवकोटाको स्वर सुरक्षित रहेको बताउनुभयो । अमेरिकाको एउटा सुदूर गाउँमा पुग्दासमेत देवकोटाका कृति र फोटो भेटिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन