सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

२०७८ कार्तिक २८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा सिद्धार्थ साहित्य परिषद्ले शनिबार भैरहवामा वरिष्ठ साहित्यकार प्राध्यापक डा चुडामणि रेग्मी ‘बन्धु’ सहित विभिन्न विधामा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको गरियो । लुम्बिनी प्रदेशको जेठो साहित्यिक संस्था मानिएको उक्त परिषद्ले प्रा डा बन्धुलाई ‘सुकदेव सुकमाया लामिछाने बाल साहित्यकार पुरस्कार २०७७’ प्रदान गरेकोे हो । उहाँले विसं २०१८ मा महाकवि देवकोटाको बाल जीवनी र विसं २०३६ मा देवकोटा नामक पुस्तक लेखेर प्रकाशित गर्नुभएको थियो । नेपाली भाषा र साहित्यमा प्रा डा बन्धु गुरुहरूका गुरुका रूपमा परिचित हुनुहुन्छ ।

यसैगरी ‘मीन पद्म गौचन स्मृति पुरस्कार’ भाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने वरिष्ठ कथाकार विजय सागरलाई, ‘विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कार’ काव्य लेखक टङ्कप्रसाद पन्तलाई, ‘सिद्धार्थ साहित्य पुरस्कार’ अग्रज साहित्यकार माधवप्रसाद पन्थीलाई, ‘टेकबहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार’ युवाकवि गिरी श्रीस मगरलाई, ‘सकला सिद्धार्थ बाङ्मय पुरस्कार’ नेपालगञ्जका साहित्यिकार डा इन्द्रबहादुर भण्डारीलाई प्रदान गरिएको थियो ।

त्यसैगरी ‘सिद्धार्थ साहित्य सम्मान ’ साहित्यकार रमेश समर्थन, लुम्बिनी प्रेस क्लबको उपाध्यक्ष सम्झना शर्मा, समाजसेवी धर्मराज श्रेष्ठ, कलाकार चित्रकार नुरमदन थापा र शिक्षा सेवी यमबहादुर रसाइलीलाई प्रदान गरिएको का अध्यक्ष डिल्लीराज भट्टराईले बताउनुभयो ।
कवि रुद्र ज्ञवालीले देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको सो कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा. डा बन्धुले साहित्यकारहरुले समाज र राष्ट्रलाई सही मार्गदर्शन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराई, प्राज्ञ बुंद राना, अङ्कित शर्मासहित सम्मानित साहित्यकारले कविता, मुक्तक, गजल प्रस्तुत गरेको आयोजक संस्थाका सचिव लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो ।परिषद्ले भैरहवाको देवकोटा चोकमा महाकविको प्रतिमासमेत निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन