काठमाण्डौ: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् ।
पाण्डे आइतबार सम्पन्न १४ औँ साधरणसभाले सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । दोस्रो कार्यकालका लागि पनि पाण्डे अध्यक्षमा चयन भएका हुन्। यसअघि २०७२ फागुनदेखि २०७४ चैतसम्म अध्यक्ष भएका थिए । महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। भुसाल हालको कार्यसमिति सदस्य समेत हुन्।
त्यस्तै उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन् । सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ चयन भएका छन्।
साथै कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।
