कााठमाण्डौंः छिल्लो पुस्तामा राम्रा कविता लेखिरहेका कविहरुमध्ये एक हुन्, मनु मञ्जिल ।
मञ्जिलले सामन्य भावलाई टिपेर गम्भीर अर्थ दिने कविता लेख्छन् । तिनै कवितामध्ये दुश्मन पनि उनको एउटा शक्तिशाली कविता हो । फेसबुक र अन्य सामाजिक सन्जालमा पनि यो कविताको भिडियो निकै भाइरल भएको छ ।
आखिर कसरी लेखे त मञ्जिलले यो कविता ? उनकै शब्दमा उनको कविता दुश्मनको रचना गर्भः फाट्टफुट्ट कविताहरु लेखेर ससाना जमातहरुमा सुनाउने गरेको थिएँ । इटहरीमा सानातिना कार्यक्रममा उपस्थित हुन थालेको थिएँ उनले भनेका छन ।
२०५६ सालमा ‘दुश्मन’ कविता लेखेँ । त्यसपछि मेरो साहित्यिक जीवनको बाटो नै अर्को हो जस्तो भयो, यही कविताले मलाई कविको रुपमा परिचित गराउन थाल्यो ।
