सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रोफेसर ईश्वरीको जीवनीको विमोचन

२०७८ मंग्सिर १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः देशमा वाणिज्य शिक्षाका सुरुआत गर्नुभएका स्व प्रा ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको प्रा ईश्वरीको जीवनी नामक आत्मकथा पुस्तकको विमोचन गरिएको छ । ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित समारोहमका पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा लामो समय निजामती सेवामा रहँदा राष्ट्रिय वाणिज्य बैंक, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट, भृकुटी कागज कारखाना, बुटबल धागो उद्योग, लुम्बिनी कागज कारखानाको स्थापना गर्दाको अनुभव उल्लेख गरिएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भवन निर्माण तथा नेपाल वायुसेवा निगमलाई दुईवटा बोइङ ७५७ नयाँ जहाज खरिद गरी राष्ट्रिय ध्वजाबाहकलाई भारत, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड, सिङ्गापुर, जापान, पाकिस्तान, जर्मनी र बेलायतसम्म उडान गराउन निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई पनि पुस्तकमा अनुभूतिका रुपमा समावेश गरिएको छ । उहाँ मन्त्रालयमा सचिव भई काम गर्नुभएको थियोस्व ईश्वरीलालको ९१ वर्षको उमेरमा २०७५ सालमा निधन भएको थियो ।

पुस्तक विमोचन गर्दै पूर्वमन्त्री लोहनीले २०११ भदौ १७ गते १७ जना विद्यार्थी जम्मा गरेर स्व ईश्वरीलालले सुरु गर्दा आफू पनि विद्यार्थीको रुपमा सो समूहमा समावेश हुन पाएको प्रसङ्ग उल्लेख गर्दै उहाँबाट दीक्षित हुन पाएका कारण नै आफूले उच्च शिक्षा हासिल गर्न सकेको बताउनुभयो ।

प्रतिष्ठानका संरक्षक तथा ईश्वरीलालकी धर्मपत्नी सुभद्रा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राडा पुष्कर ब्रजाचार्यले स्व ईश्वरीलालले नेपालको वाणिज्य र व्यवस्थापन शिक्षाको विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका सदस्य एवं स्व ईश्वरीलालका छोरा डा प्रकाशलाल श्रेष्ठले नेपालको शिक्षा, पर्यटन तथा आर्थिक विकासको क्षेत्रमा पु¥याउनुभएको योगदानलाई स्मरणीय गराउन पुस्तक सहयोगी हुने धारणा राख्नुभयो । प्रा डा प्रेमराज पन्तले पनि स्व ईश्वरीलाल नेपालको उद्योग र वाणिज्यको ज्ञानभण्डार हुनुहुन्थ्यो भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन