सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मायादेवीको कविता सङ्ग्रह ‘जिन्दगी’ लोकार्पण

२०७८ मंग्सिर ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साहित्यकार मायादेवी गुरुङको पहिलो साहित्यिक कृति (कविता सङ्ग्रह) ‘जिन्दगी’ लोकार्पण गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङले सो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । कोहीले पनि भाषाको विरोध गर्नुभन्दा सिर्जनामा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “भाषाको विरोधभन्दा सिर्जनामा लाग्नु अहिलेको आवश्यकता हो”, गुरुङले भन्नुभयो । भाषा र संस्कृतिको प्रवद्र्धनमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले कवयित्री गुरुङले सानैदेखि साहित्यको अध्ययनमा रुचि राख्ने गर्नुभएकाले सिर्जना गर्न प्रेरणा मिलेको बताउनुभयो । “साहित्यको अध्ययनले नै कविता लेख्ने बाटो देखाएको हो”, उहाँले भन्नुभयो ।

साहित्यकार माया ठकुरीले नारी अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा ‘जिन्दगी’ कविता सङ्ग्रहले आवाज उठाएको उल्लेख गर्नुभयो । अनमेल विवाह र छोरीप्रतिको हेलाको भावबारे कविताले जागरणको काम गर्ने उहाँको भनाइ थियो । समालोचक ज्ञानु अधिकारीले विदेशमा बस्दा स्वदेशी याद आध्यात्मिक भावनाका कविताका रूपमा नेपाली साहित्य फाँटमा देखापरेको बताउनुभयो । कवितामा वर्तमानमा संवेदना हराउँदै गएका मानिसप्रति चिन्ता व्यक्त गरिएको छ । जिन्दगीका खुसी र पीडालाई कवियित्रीले कविताका माध्यमबाट सार्वजनिक गर्नुभएको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा अनेसासका सल्लाहकार सुमल गुरुङ, उपाध्यक्ष राजेन्द्र केसी, कवयित्रीका पति विजय गुरुङ, कवयित्री गुरुङ, दीपा राई, प्रा डा रामप्रसाद दाहाल, रत्नबहादुर गुरुङ, अनेसास नेपाल शाखाका अध्यक्ष सन्ध्या पहाडी, प्रा डा खगेन्द्रप्रसाद लुइँटेललगायतले कविता सङ्ग्रहका कविता वाचन गर्नुभएको थियो । सो सङ्ग्रहमा ५३ कविता समावेश छन् । एक सय नौ पृष्ठको सो पुस्तकको मूल्य रु २०५ र विदेशमा पाँच डलर कायम गरिएको छ । अनेसास बेलायत शाखाले उक्त पुस्तक प्रकाशन गरेको हो । यसअघि उहाँका विभिन्न कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन