सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार केशव पौडेललाई प्रदान गरिने

२०७८ मंग्सिर १३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशवप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । पत्रकार विजयबाबु खत्रीको दशौँ स्मृति दिवसका अवसरमा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

पत्रकार पौडेल २०४२ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल उहाँ न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुनुहुन्छ । काठमाडौँ–३२, कोटेश्वरका स्थायी बासिन्दा पौडेल सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित हुनुभएको थियो । खेलकूद बिटबाट समाचार लेखन सुरु गर्नुभएका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउनुहुन्छ ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्रीसहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई सो पुरस्कार दिने निर्णय गरेको हो ।आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मङ्सिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा पत्रकार खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उहाँको धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मङ्सिर १२ गते अक्षय कोष स्थापना गर्नुभएको थियो ।

केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही मङ्सिर २४ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि रु ३४ हजार छ । सो पुरस्कार पहिलो वर्ष वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतमलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन