सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम समापन

२०७८ मंग्सिर १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली सेना र अमेरिकी सेनाबीच कार्तिक १५ गतेबाट संचालन भएको संयुक्त तालिम “Ex-Teak Nail 22” को आज १४ गते छाउनीस्थित एक कार्यक्रमकाबीच बलाध्यक्ष रथी सरोज प्रताप राणाले समापन गर्नु भएको छ ।

मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूत His Excellency Mr. Randy W. Berry को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा श्री सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठ, श्री युद्धकार्य विभागका प्रमुख उपरथी निर्मल कुमार थापा लगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त तालिम नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आइरहेको Disaster Assessment and Response Team (DART) बाट ४५ जना र अन्य सम्बद्ध निकायहरुबाट ४ जना गरी जम्मा ४९ जना तथा अमेरिकी सेनाका १७ जना गरी जम्मा ६६ जना सम्मिलित गराई काठमाण्डौं, पोखरा र अन्नपुर्ण वेश क्याम्प ईलाकामा संचालन भएको थियो ।

तालिममा शिक्षार्थीहरुलाई जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईएको थियो । मिति २०७८ मंसिर ११ गते पोखरामा संचालन भएको Culminating Exercise को बलाधिकृत रथी बालकृष्ण कार्कीले समेत निरीक्षण गर्नु भएको थियो ।

यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

आठ डीएसपी एसपीमा बढुवा सिफारिस

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

प्रहरी चौकीका आफ्नै भवन छैनन्

माओवादी पदाधिकारी बैठक सुरु

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग

चट्याङ लागेर एकै घरका तीन घाइते

मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

मोदीको बिरूद्दमा वाराणासीमा कांग्रेसको उम्मेदवार अजय राय

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट