सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यौन सम्बन्ध किन दोहोर्‍याएर राख्न मन लाग्छ ?

२०७८ मंग्सिर १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यौन चाहना हामीलाई प्रकृतिले दिएको एक विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौन चाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् ।

मस्तिष्कको Hypothalamus भन्ने सानो अंगले यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्छ भने अर्को अङ्ग CerebralCortex ले हामीले सिकेका कुरा तथा अनुभवहरूलाई अभिलेख राख्ने कार्य गर्छ ।

यौन संवेदनशीलतासम्बन्धी कुराहरू पनि यसै भागबाट सञ्चालित हुन्छन् । यौन इच्छालाई प्रभावित पार्ने हर्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ ।

यी सबै कुराहरूको संयुक्त प्रभावबाट नै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् ।यौनसम्पर्क होस् वा अन्य यौन क्रियाकलाप ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो ।

मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टमअन्तर्गतका रागरसहरूले सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कोतिर इन्द्रीय प्रणालीका अनि मस्तिष्कले ।

हर्मोनको सन्दर्भमा कुरा गर्दा Testosterone को भूमिका महत्वपूर्ण हुन्छ । यौन व्यग्रता वा चाहना अर्थात Libido हुन यो हर्मोनको निश्चित मात्रा व्यक्तिमा हुनु आवश्यक छ ।

यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् ।

सो यौन उत्तेजना प्रति हाम्रो शरीरले देखाएको प्रतिक्रया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ र अंग्रेजीमा हयुमन सेक्सुअल रेस्पोन्स साइकल भनिन्छ । यसका ४ चरणहरू ExcitementPhase, Plateau Phase, Orgasm Phase तथा ResolutionPhase हुन् ।

हामी किन बारम्बार यौनसम्पर्क राख्न लालायित हुन्छौं त ?

हामीले मानव यौन प्रतिक्रिया चक्रलाई केलाएर हेर्‍यौं भने त्यसमा प्राप्त हुने सुखलाई स्वर्गीय सुख भनिन्छ, त्यसैले यसलाई चरमसुख नै नाम दिइएको छ ।

भनिन्छ, यो मानवले प्राप्त गर्ने सुखहरूमध्ये सबैभन्दा उत्तम सुख हो । त्यसैले यो स्वाभाविक हो कि कुनै पनि व्यक्ति यस्तो सुख प्राप्त गर्न लालायित हुन्छन् । उसले सो सुख पुन: प्राप्त गरेमा उसले सो सुख फेरि पनि प्राप्त गर्ने प्रयास गर्छ र यसले निरन्तरता पाउँछ ।

यो कसरी सञ्चालित हुन्छ त भन्ने सन्दर्भमा पनि एकपल्ट नियालेर हेरौं । यस्ता प्रक्रियालाई सञ्चालन गर्ने पुरस्कार प्रणाली (Rewardsystem) भनिन्छ ।

यो प्रणालीले हामीलाई सुख वा आनन्द दिने कुरा तिर निरन्तर आकर्षित गर्छ त्यो खाना, नशालु वस्तुको प्रयोग होस् वा यौनसम्पर्क । त्यसैगरी दु:ख वा पीडादायक कुराबाट टाढा बस्न लगाउाछ । यस क्रममा हाम्रो मस्तिष्कको विभिन्न भागबाट हुने कार्यको संयोजनको कार्य भने Striatum भन्ने भागले गर्छ ।

यो प्रक्रियामा Dopamine भनिने Neuro-Transmitter को महत्वपूर्ण भूमिका हुन्छ । कुनै आनन्ददायी क्रियाकलापभन्दा पहिले जति बढी मात्रामा Dopamine मस्तिष्कमा निस्कन्छ त्यति नै बढी आनन्द प्राप्त गर्ने सम्भावना हुन्छ ।

यसको केही मात्रामा अनुभव भए पछि, मस्तिष्कमा स्मृति ( Memory) बन्दछ र यही स्मृतिको आधारमा हामीले केही निश्चित क्रियाकलाप आनन्ददायी हुने अपेक्षा गर्छाैं । हामीले प्राप्त गर्ने आनन्द हाम्रो शरीरमा प्राकृतिक रूपमा नै हुने यउष्यष्मक को कारणले प्राप्त हुन्छ ।

Dopamine निस्किए पछि Opioids निस्कन्छन् ।अब त पक्कै नै बुझ्नु भयो होला कि किन एकपल्ट यौन सम्पर्क गरे पछ फेरि–फेरि यौनसम्पर्क गर्न मन लाग्छ ।

गहिरिएर हेर्ने हो भने मस्तिष्कको यस्तो पुरस्कार प्रणाली मानवलगायत सबै जसो नै प्राणीमा हुनुले उक्त प्राणीको वंशजलाई निरन्तरता दिन प्रकृति ले नै दिएको वरदान हो भन्न सक्छौं । साप्ताहिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

सम्बन्ध विच्छेदको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल सुरू

बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

बोइङको उडिरहेको विमानबाट फेरि उप्कियो एक हिस्सा

जापानकाे उच्च अदालतले बल्ल दियाे समलिङ्गी बिबाहलाइ मान्यता

अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

किस गर्दा तपाईँको स्वास्थ्यमा पुर्याउने ७ फाइदा के-के हुन्?

जसले कोरोना खोप २१७ पटक लगाए !