सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पर्सामा विशेष खोप अभियान सञ्चालन हुने

२०७८ मंग्सिर १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पर्सामा कोरोना भाइरसविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ । ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

जिल्लाभरी पूर्ण खोप लिन बाँकी रहेका १८ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरी तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल १०२ वटा खोप केन्द्र रहेको जिल्लामा अभियानका लागि १० खोप केन्द्रसमेत थप गरिएको हो । आवश्यकताका आधारमा खोप केन्द्र थप गर्न सकिने कार्यालयले जनाएको छ ।

धेरैभन्दा धेरै नागरिकले खोप लगाउन भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको प्रजिअ ढकालले जानकारीदिनुभयो । वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको छ ।

पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्नेगरी तयारी गरिएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो । “कोरोना भाइरसविरुद्ध खोप लगाएपछि सङ्क्रमणको जोखिम कम हुने र सङ्क्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने दर कम छ ।”

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपकोसमेत सुनिश्चितता भइसकेको पत्र स्वास्थ्य कार्यालय पर्सालाई पठाएको छ । त्यसैले अभियानमा भेरोसेल, सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि प्रदान गर्नेगरी तयारी गरिएको छ ।

खोप अभियान सफल बनाउन स्थानीय तहले महिला स्वयंसेविकालाई घरघरमा पठाएर खोपबारेमा जानकारी गराउन लगाउने, अभियानका लागि तत्काल खोप पु¥याउन आवश्यक सामग्रीको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने, यसअघि भेरोसेल, सिनोफार्म खोपको पहिलो मात्रा लिएको र समय पुगेकालाई दोस्रो मात्रा खोप दिने, कोभिसिल्ड वा एस्ट्राजेनिका खोपको पहिलोे मात्रा लिएकालाई खोप आधारमा दोस्रो मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिने योजना छ ।

अभियानलाई अझ प्रभावकारी बनाउन कोभिड–१९ विरुद्धको खोपस्तरीय कार्यक्रम सञ्चालन मार्गदर्शन २०७८ बमोजिम निजी तथा गैरसरकारी अस्पतालमा पनि खोप सेवा सञ्चालन गरिने गरी तयारी गरिएको हो । वीरगञ्ज विर्तास्थित नारायणी सेन्ट्रल हस्पिटल आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मङ्गलबार र लिङ्करोडस्थित भवानी हस्पिटलमा बिहीबार खोप दिने व्यवस्था मिलाउने मिलाइएको हो । जिल्लामा एक लाख ३० हजार ६७२ जनाले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् । यो लक्षित जनसङ्ख्याको २९.६७ प्रतिशत हो । जिल्लामा १८ वर्षभन्दा माथिका चार लाख ४७ हजार जनसङ्ख्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

सेनाको स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो: उपराष्ट्रपति यादव

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

प्रधानमन्त्री र कांग्रेस नेताहरुको भेटवार्ता स्थगित

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित