सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तालिबानद्धारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

२०७८ मंग्सिर १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

यहाँका सर्वाेच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार यहाँको तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् ।उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरुले विद्यालय जान पाउने र बिवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ ।

त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ ।त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ ।

अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरणहरु रहेका छन् ।अहिले तालिबानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो । -सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा