सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मालीमा आतंकवादी हमलामा परी दर्जनौँको ज्यान गयो

२०७८ मंग्सिर १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए । त्यस हमलामा परेर दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको छ तर त्यसमा परेका व्यक्ति कतिजना हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।

अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरुले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जना यात्रुको शरीर पूरै जलेको अवस्थामा पाइएको थियो । ती मध्ये अधिकांशको ज्यान गइसकेको बताइएको छ ।तर सरकारले यस विषयमा कुनै पनि जानकारी दिएको छैन । तीमध्ये प्रायः सबैको ज्यान गएको अनुमान गरिएको समाचारमा आएको छ तर यस विषयमा सरकारले केही बताएको छैन ।

त्यस स्थानमा केही समय अघिदेखि नै आतंककारीहरुले हिंसात्मक क्रियाकलापहरु गर्दै आएका थिए । यस पछिल्लो हिंसाको बारेमा कुनै आतंककारी समूहले पनि कुनै जानकारी दिएको छैन । सरकारी अधिकारीहरुले ठूलो मानवीय क्षति भएको बताएका छन् तर यस विषयको यकिन तथ्यांक दिएका छैनन् ।- (सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा