सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस बागमती प्रदेशको मतदान सुरु

२०७८ मंग्सिर १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनमा मतदान आज अपराह्न ४ बजे सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा तोकिएको भन्दा केही ढिलो मतदान सुरु भएको हो । सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले निर्वाचन सुरु भएको एक घण्टापछि मतदान गर्नुभएको छ ।

त्यस्तै सभापति पदका उम्मेदवार जगदीश्वरनरसिंह केसी र भीमसेन दास प्रधान पनि मतदानस्थलमा पुगिसक्नुभएको छ । उहाँहरूले केहीबेरमा मतदान गर्ने जनाइएको छ । मतदान चाँडै सम्पन्न गर्न १० वटा केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका तीन जिल्लाका लागि एउटा, काठमाडौँका लागि तीन र अन्य जिल्लाका लागि एक÷एक मतदान केन्द्र स्थापना गरिएको हो ।

मतदानस्थल वरपर टाँसिएका उम्मेदवारका प्रचार सामग्री हटाइएको छ । अधिवेशनमा एक हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा दुई हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागि सहभागिता जनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’

कार्यदलको बैठकमा सहमति जुटेन

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

कार्यदलमा अझै जुटेन सहमति

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलकाे निर्णय

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

नेकपा एसमा पहिरो : जिल्ला कमिटिका दुई सदस्य एमालेमै फर्किए